Page 11

सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ

काठमाडौं । जनता समाजवादी पार्टी जसपाबाट सरकारमा सहभागी भएका दुईमन्त्रीले शपथ लिएका छन् ।सपत लिनेमा एक मन्त्री र एक राज्यमन्त्री रहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई सपथ गराए भने प्रधानमन्त्ती प्रचण्डले राज्यमन्त्री बनेकी हसिना खानलाई शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो ।

भोली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेमा आशंका

काठमाडौं।भोली राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएकोछ।
संसद् सचिवालयले भोलि अपरान्ह्र ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेपनिप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडान दोहोर्याएको छ ।सरकार र प्रमुख प्रतिपक्षदला ा वीच यस सम्बन्धमा कुनै सहमति नबने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका प्रभावित हुने आशंका गरिएको छ।
आज कांग्रेस सभ ापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको छ।

यता, आज बिहान सभामुख देवराज घिमिरेले राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका थिए। उनीहरुबीच भएको फोनवार्तामा प्रमुख प्रतिपक्षलाई मनाएर सदनको कामकारबाही सहज पार्न सभामुखले सुझाएका थिए। सभामुख घिमिरेले नीति तथा कार्यक्रमबारे भएको कुराकानीमा सभामुखले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए।

सभामुख घिमिरेले नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नरहेको भन्दै राजनीतिक सहमतिमा जोड दिए। तर कांग्रेसले संसदीय छानविन समिति आफ्नो प्रमुख बटमलाइन बनाएपछि प्रधानमन्त्री अफ्ठयारोमा परेका छन्। कांग्रेस नेता एवम प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले आफ्नो अडान यथावत राखेको जानकारी दिंदै साँझसम्ममा नयाँ रणनीति बन्ने बताए।

संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका प्रधानमन्त्री एमालेको दबाबमा परेको निकट स्रोतले जनाएको छ।एमाले संसदीय छानबिन समितिको विपक्षमा उभिएपछि प्रधानमन्त्री चेपुवामा परेको बताइन्छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले आइतबार मात्रै कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुरा गर्न नसकिने बताएका थिए।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गराउने प्रयासमा आफू रहेको बताएका छन्। ‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, संसद्को गतिरोध अन्त्य हुन्छ,’ उनले भनेका छन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा संसद्मा सबै तयारी पूरा भइसकेको अवस्था छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनको विषयमा छानबिन गर्न समिनि बनाउनुपर्ने माग अघि सार्दै आइरहेको छ। यसअघि अघिल्लो संसद् अधिवेशन र शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनमा समेत कांग्रेसले अवरोध खडा गरेपछि सहमतिको प्रयास भइरहेको छ। सोमबार नै सभामुख घिमिरेले प्रधानमन्त्रीसहित कांग्रेस सभापति देउवा र गृहमन्त्री लामिछानेसँग समेत संवाद गरेका छन्।

यता प्रधानमन्त्री प्रचण्डले सरकारले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै समस्या नहुने बताए।

सोमबार चितवनका विभिन्न कार्यक्रममा रहेका प्रधानमन्त्री अपरान्ह काठमाडौं फर्किएर कांग्रेस नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

मधेश प्र्देशमा राजनीतिक तरंग

काठमाडौँ। मधेश प्रदेशमा आगामी आर्थिक बर्ष २०८१।०८२ को नीति कार्यक्रम र बजेट नयाँ सरकारले ल्याउने योजना सहित बदलिएको सत्ता राजनीतिको नयाँ सत्ता समीकरणको निर्माण गरिदिएको छ ।
आइतबार माओवादी केन्द्र र नेकपा एमालेले एका एक मधेश प्रदेश सरकारबाट मन्त्रीहरुलाई राजीनामा गराई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशमा राजनीतिक तरङ्ग आएको हो ।
सत्ता गठबन्धमा रहेका दलहरुबाट चालिएको पछिल्लोकदमले उपेन्द्र यादवलाई मात्र धक्का पुगेको छैन । यसले सत्ता गठबन्धमा रहेको अर्को घटक नेकपा एकीकृत समाजवादीलाई समेत चुनौति खडा गरिदिएको छ ।
एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मधेश सरकारका मुख्यमन्त्री अल्पमतमा पर्नु भएको छ । जसपा नेपालबाट मुख्यमन्त्री रहनु भएका सरोज यादव अल्पमतमा परेका छन्। मधेश प्रदेशमा एमालेले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको कसरत सुरु गरेको छ । जहाँ संघीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई सहभागी गराइएको छैन ।
उक्त गठबन्धमा एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोसपा मात्र रहेका छन् । यी चार दलहरुसँग नयाँ सरकार गठनको लागि पर्याप्त बहुमत रहेको छ ।

मधेशमा माधब नेपालको दललाई नयाँ समीकरणमा समावेश नगर्नुले भने वर्तमान सत्ता समीकरणमा रहेको एकीकृत समाजवादी पाटीमा थप दवाव सृजना भएको छ । जसले उपेन्द्र सँग मधेशमा माधव नेपाल एक्लिने आशंकालाई बल पुर्याएको छ । त्यसो तएमाले र माओवादीले मधेश सरकार छाडेपनि नेकपा एसले समर्थन कायमै राखेको छ ।

नेपाली कांग्रेसको आज दिउसो बस्ने बैठकले संसदीय अवरोध खुलाउन सक्ने ।

काठमाडौं। नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका शिर्ष नेता र राष्ट्रपति रामचन्द्र पौड्ल सँग गरेको भेट वार्ता पछि संसद खुलाउनेबारेमा कांग्रेस लचिलो देखिएको बुझिएको छ । त्यसैले संसमा अवरोध नआउने संकेत देखिएको हो ।
संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।
बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम तय भएको छ ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गर्दै आएको छ ।

 

गीतकार प्रमिला बस्नेतको नयाँ गीत बजारमा

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।यो गतले बजारमा निकै चर्चा पाउने आँकलन पनि गरिंदै छ ।

संसद गतिरोध केहिदिनमै अन्त्य हुन्छ ः प्रधानमन्त्री प्रचण्ड

 

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध केही दिनमै अन्त्य हुने दाबी गरेका छन् ।
चितवनका पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
ुसंसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, भोलि बेलुका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुन्छ, उनले भने ।
नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिएर आफूले राष्ट्रपतिलाई भेटेको उनले जानकारी दिए ।
आगामी जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुन्छ । यसको तयारी पूरा भइसकेकोछ, उनले भने ।
सरकारले नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्‌मा कुनै समस्या नहुने जानकारी दिए ।
ुकांग्रेस संसद्को यति धेरै वकालत गर्ने पुरानो पार्टीले राष्ट्रपतिको सम्बोधनमा असहज बनाउँछ भन्ने मलाई विश्वास लाग्दैनु, उनले भने ।
कांग्रेसका नेताहरूसँग संसद् खुलाउने कुरामा गम्भीर रुपमा छलफल भइरहेको उनको भनाइ छ ।
सहकारी पीडितको समस्या समाधानका सन्दर्भमा उनले भने,खासगरी गृहमन्त्रीले पनि समिति बनाउनेमा सैद्धान्तिक रुपमा विरोध गर्नुभएको छैन ।

मनोमानी रुपमा करकोदर हेरफेर गरीदैन ः अर्थमन्त्री पुन अनन्त

 

काठमाडौँ, ३० वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करको दर हेरफेर नहुने बताएका छन् ।
आजराजधानीमा आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैको स्वार्थ हेरर नभई मुलुक हेरेर करको दर हेरफेर गरिने प्रतिबद्धता जनाए ।
‘मैले यसअघि पनि पटकपटक सार्वजनिक मञ्चहरुमार्फत भनेको छु ।
कोही चिनेका, कोही मेरो पार्टी निकटका, कोही सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो गर्दिन’, उनले भने, ‘पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महले बनाएर गर्छु ।’

 

एउटा अर्थमन्त्रीको सनकमा व्यवसायीले वर्षौं लगाएर गरेको आर्जन गरेको सम्पत्ति र लगानी डुबाउन नमिल्ने मन्त्री पुनको स्पष्टोक्ति थियो । आफूहरुले लोकतान्त्रिक र जवाफदेही राज्य प्रणाली सञ्चालन गरिरहेको भन्दै पारदर्शी भएर काम गर्ने प्रतिबद्धता जनाए ।

‘एउटा मन्त्रीको सनकले वर्षौंसम्म गरेको लगानी डुबाउन मिल्दैन’, मन्त्री पुनले भने, ‘जनताले र राज्यले विश्वासपूर्वक दिएको जिम्मेवारी विश्वासपूर्वक निर्वाह गर्नुपर्छ । त्यसमा हाम्रो प्रतिबद्धता छ ।’

मन्त्री पुनले नेपालले लोकतन्त्रान्त्रिक र खुला तथा प्रतिस्पर्धात्मक व्यवस्थाको अभ्यास गरिरहेकाले उद्योग व्यवसायसम्बन्धी नीति पनि खुला र पारदर्शी हुनुपर्नेमा सरकार स्पष्ट रहेको मन्त्री पुनको भनाइ थियो ।

मन्त्री पुनले उद्योग व्यवसायमा पनि धेरै राम्रा मानिसहरु रहेको भन्दै सरकार निजी क्षेत्रलाई अघि लगाएर हिंड्न चाहेको मन्त्री पुनले उल्लेख गरे ।

आर्थिक विकासका लागि नीतिगत निरन्तरता जरुरी रहेको भन्दै उनले कमजोर पक्ष हटाउने र राम्रा सिकाईहरुलाई दिगो बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।

नीतिगत निरन्तरताका कारण अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेलासमेत पर्यटक क्षेत्रमा २१ र ऊर्जा क्षेत्रमा १९ प्रतिशतको आर्थिक वृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै उनले धेरै राम्रा कामहरु समेत भएको चर्चा गरे । ‘धेरै राम्रा कामहरु प्नि भएका छन् । हामीले नेपालीले नै गरेका हौं’, उनले भने, अरुले आएर हाम्रो देशका लागि गर्ने होइन ।’

निर्माण क्षेत्र चलायमान नभएको तथा निर्माण सामग्रीका उत्पादकहरु अप्ठेरो अवस्थामा रहेकोबारे आफू पर्याप्त जानकार हरेको भन्दै उनले ती अप्ठ्यारा फुकाउन लागिपरेको बताए ।

आफूले मनत्रालयको नेतृत्व सम्हाल्दा अघिल्ला चार आर्थिक वर्षदेखिका ६ खर्बभन्दा बढीको आर्थिक दायित्व सिर्जना गरिएको अवस्था रहेको भन्दै उनले पुराना दिायित्व बोक्नुपर्दा धेरै स्वतन्त्र नरहेको पनि खुलाए ।

‘अर्थमन्त्रीका रुपमा बजेट बनाइराख्दा तीन÷चार वर्षअघिका अर्थमन्त्रीका पालादेखिको ६ खर्ब दायित्व बोक्नेपर्ने खअवस्थामा छु । एक वर्षको बजेट बनाउनुपर्ने अर्थमन्त्री चार वर्षदेखिको दायित्व बोक्नुपर्ने अवस्थाले म त्यति स्वतन्त्र छैन ।’

बजेट निर्माण सम्बन्धमा पर्याप्त सुझावहरु लिइराखेको र सबैका राम्रा सुझाव बजेटमा समेटिने प्रतिबद्धता उनको थियो ।

ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलझबष् िकजबचष्लन दगततयलmभककभलनभच कजबचष्लन दगततयलकजबचभतजष्क कजबचष्लन दगततयलष्लिपभमष्ल कजबचष्लन दगततयलधजबतकबउउ कजबचष्लन दगततयलखष्दभच कजबचष्लन दगततयल

लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन, रामग्राममा बन्यो

पूर्वाधार विकाशको क्षेत्रमा धेरै प्रगती भैसकेकोछ ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै प्रगती भएकोबताउनु भृएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले देशमा सडक,रेल स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताउनुभएको हो। । तर उहाँले शिक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा अस्थिर राजनीतिका कारण बाधा पुगेको उल्लेख गर्नु भयो ।
‘हामीले खासगरी कनेक्टिभिटीका क्षेत्रमा रेलवे,हवाईजहाज, सडक र विद्युत विस्तार ,सञ्चार सुविधाको विस्तार जस्ता विकासका पूर्वाधारको क्षेत्रमा निकै ठूलो प्रगती हासिल गरेका छौं,’ ओलीले भन्नुभयो ।
उहाँले नेपाल पहिले जस्तो दुर्गम नभएको भन्दै केही ठाउँ बाहेक देशभर सडक सञ्जाल विस्तार गरिएको चर्चा गर्नुभयो।

उहाँले‘यर्थाथमा नेपाल पहिला जस्तो दुर्गम देश थियो, सडकका कारण उत्पादनले बजार पाउँदैन भन्ने ठूलो गुनासो थियो , सँगै कृषि उत्पानका सामग्रीले बजार पाएन भन्ने ठूलो गुनासो थियो अहिले केहीकेही ठाउँबाहेक अन्यन्त्र त्यस्तो गुनासो आउने स्थिति छैन । अहिले हुम्लाको सिमिकोटमा पक्की बाटो जोडिएको छैन नत्र अरु सबै जिल्लामा सदरमुकाम सम्म पक्की बाटोमा जोडिएका छन् ।’

देशभरका पालिकाको पक्की बाटो सदरमुकाम सम्म जोडन आफूहरुले अभियान चलाएको स्मरण गर्दै स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन सोही अनुसार डाक्टर,नर्स, औषधीउपचार सहितको प्रबन्ध गर्ने योजना सफल नहुनुमा अस्थिर राजनीति कारण भएको जिकिर गर्नु भयो ।

 

 

नेपालको नक्सा नोटमा छाप्दा अरुदेशको टाउको दुखाई किन?

काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनु पर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

भगाईएका जीबी राईलाई खोजीरहेका छौं ः—गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको जानकारी दिएका छन । चितवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा‍ भगाएको मान्छेलाई खोज्न समय लाग्ने बताए ।
सञ्चारकर्मीले उनलाई जीबी राई किन पक्राउ पर्न सकेनन् भनेर सोधेका थिए । जवाफमा उनले भने, भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले पक्राउ गर्न हर कोसिस भइरहेको बताए ।
त्यसो भए कसले भगायो त ? सञ्चारकर्मीको प्रश्नमा उनले भने, भाग्दाखेरी सरकारमा को थियो ?
उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको जनाए ।

 

 

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...