Page 14

काठमाडौं, २२ जेठ । आइसीसी टी–२० विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलले उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिनुभएको हो । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिनुभएको हो ।
राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको नीजि सचिवालयले जनाएको छ । उहाँले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भएपनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमासमेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताउनुभयो ।

आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडी समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ ।

नेशनल लाईफ इन्स्योरेन्सको २ रात ३ दिनको भ्रमण सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “बलथली भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन श्री सुमन कार्कीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २०० जना बरिष्ठ अभिकर्ताहरुलाई बलथली भ्रमण गराइएको थियो । भ्रमणका क्रममा बलथलीको मनोरम दृष्यका साथै तहाँ अवस्थित प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिटे त्रिशुलको अवलोकन गराईएको थियो ।

साथै, बलथली भ्रमण पश्चात धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जानात्क प्रस्तुती रहेको थियो ।

वहाँको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरुको वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास सहभागि अभिकर्ताहरुले व्यक्त गरेका थिए साथै वहाँहरुले नेपालका राष्ट्रिय चर्चित कलाकार संग साक्षात्कार गर्ने अवसर जुराइदिनु भएकोमा कम्पनी प्रति आभार समेत व्यक्त गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन तयारी गरेका छन्। उनले नागरिक उन्मुक्ति पार्टी नाउपालाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन्।
गत जेठ ७ गते प्रधानमन्त्रीलाई विश्वास मत दिएको नागरिक उन्मुक्ति पार्टी नाउपालाई सरकारमा सहभागी गराउने तयारी भएको हो। स्रोतका अनुसा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीले तयारी गरे पनि कहिले मन्त्री नियुक्त गर्ने भन्ने निश्चित भइसकेको छैन।

आगामी कार्तिक २३ गते देखि त्रिभुवन विमान स्थल दैनिक १० घण्टा बन्द गरिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गर्न दैनिक १० घण्टा उडान तथा अवतरण बन्द हुने भएको छ । आगामी कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच महिनासम्म उडान बन्द गरेर धावन मार्ग विस्तार गरिने जनाएको छ । चैत १८ गतेसम्म रातिको समयमा कुनै उडान नहुने प्राधिकरणको भनाइ छ ।
यो पाँच महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ । अहिले काठमाडौं विमानस्थल बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको छ । काठमाडौं विमानस्थलको धावनमार्ग र त्यससँग जोडिएको ट्याक्सी वे प्रणालीका विभिन्न निर्माण गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले विमानस्थल सञ्चालन अवधि घटाउन लागिएको अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी नियमअनुसार प्राधिकरणद्वारा जारी एआईपीमा उल्लेख छ ।
प्राधिकरणको यो सूचना प्रकाशित भएसँगै अब अन्तर्राष्ट्रिय वायुसेवाले आफ्ना उडानको समय तालिका फेरबदल गर्नुपर्छ । यसैका आधारमा वायुसेवाहरुले जारी भइसकेका टिकटको उडान समय फेरबदल भइसकेको जानकारी यात्रुलाई दिनुपर्छ ।

बजेटमाथिको छलफल आज पनि जारी रहने ,बैठकमा शोक प्रस्ताव पनि पारित गरिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथिको छलफल जारी रहने छ ।
सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत् गरेको थियो ।आजको बैठकमा २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
यसैगरी नेपाली कांग्रेसबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । उनको गत वैशाख २५ गते निधन भएको थियो ।

यस्तै २०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

राष्ट्रपति पौडेलद्धारा छुवाछुत उन्मुलनको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेको हो । उनले सामाजिक तथा परम्परागत सोच, शैली, प्रथा एवं प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि हुन्छ भन्दै नेपाली समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकिरहेकामा चिन्ता व्यक्त गरेका छन् ।’नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प राखेको छ’, शुभकामना सन्देशमा उल्लेख छ ।

यस्तै, जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको र सामाजिक जागरण तथा सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन जरुरी रहेको पनि सन्देशमा उल्लेख छ ।
सन्देशमा अगाडि भनिएको छ,’जातीय छुवाछूत तथा विभेदविरुद्धमा दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन म सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई संवेदनशील हुन हार्दिक आह्वान गर्दछु ।’

जर्मनीमा भारी वर्षा, पीडित लाई स्थानन्तरण गरीयो

फ्र्याङ्कफर्ट । भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीबाट पीडित भएका ६ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट स्थानन्तरण गरी अन्यत्र सारिएको छ ।
धेरै दिनदेखि लगातार परेको वर्षाले जर्मनीका डोनाउ, नेकर र गुएन्जलगायतका धेरै नदीमा पानीको स्तर बढेको छ । यसले तटीय सहरहरू व्यापक बाढी आएको छ र र धेरै क्षेत्रमा पानीको स्तर एक शताब्दीको उच्चस्तरमा पुगेको छ ।

जर्मनीका दुई दक्षिणी राज्य बाभेरिया र बाडेन–वुर्टेम्बर्ग सबैभन्दा बढी प्रभावित छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजे बाभेरियाका १० जिल्लामा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

न्युबर्ग–श्रोबेनहौसेन जिल्लाका छ सय ७० भन्दा बढी बासिन्दालाई निकालिएको स्थानीय अधिकारीले बताए । जर्मन मौसम सेवाले दक्षिणी जर्मनीका धेरै जिल्लामा उच्चस्तरको गम्भीर मौसम चेतावनी जारी गरेको छ ।

लम्बिनी प्रदेशको २०८१ र २०८२ का लागि नीति तथा कार्यक्रम आज प्रस्तुत हँदै ,प्रस्तुत अमिक शेरचनले गर्ने

 

तुलसीपुरदाङ। लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१र ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताए

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...