Page 2

स्वस्थ रहन डायनामिक फिट्नेस

असार,१४ काठमाडौ। अन्तर्राष्ट्रिय स्तरको सुविधा दिने एरोविक तथा फिटनेस सेन्टर डायनामिक वर्ल्ड मल्टिप्रपोज फिटनेसले आफ्नो पाचौ वार्षिक उत्सव भव्य सभ्य सम्पन्न गरेको छ। आफ्नो केन्दृय कार्यलय अथवा ट्रेनिङ सेण्टर नयाँ ठाउमा उद्घाटन गर्दै यस फिटनेसले विभिन्न प्रतिष्ठित कलाकर्मी,व्यवसायी,बुद्दिजिवी लगायतको उपस्थितिमा छोटो समय मै वेट घटाउन सफल व्यक्तिहरुलाइ समेत सम्मान प्रदान गरेको छ। यस फिटनेसका संचालिका,प्रमुख प्रशिक्षक तथा सिइओ समेत रहेका डा.तिलु रानाको सभापतित्वमा आयोजित सो कार्यक्रममा विशेष अतिथिहरु चर्चित फिल्म निर्माता तथा ह्युमेन रेस्पेक्ट नेपालका प्रेसिडेन्ट देव मगर,राइज एण्ड साइन कृयसन अध्यक्ष एवम चिल्ड्रेन गार्डेन एकेडेमी पृन्सिपल रश्मि शाक्य,टेलिभिजनकर्मी मनोज न्यौपाने,चलचित्र नायक राजु रेग्मी,अधिवक्ता,नागरिक उत्मुक्ती पार्टी के.स.लिजा राई,गायक भरत समरी,मोडल तथा कलाकार दिलमाया मगर,मिस एण्ड मिसेस युनिभर्सल २०२३ बिजेता एलिना श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो भने अन्य अतिथिहरुमा कल्पना चापागाईं-ब्यवसायीकल्पना चापागाईं,व्यवसायी पुनम अर्याल उपस्थित थिए। भव्य सभ्य उक्त कार्यक्रममा विशेष अतिथिहरुको हातबाट छिटो वैट लस गर्ने डायनामिक वेस्ट अवार्ड अफ द इयर अन्तर्गत पहिलो,दोस्रो र तेस्रो हुने सबि भन्डारि,रमा दहाल र राहुल यादबलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै विशेष अतिथिहरुले अब ट्यालेण्टले मात्रै नहुने आफ्नो सौन्दर्य कायम राख्नु पर्ने ,त्यसमा प्रमुख सौन्दर्य भनेकै फिट शरीर रहेको र शरीरलाई फिट राख्न यस एरोविक क्लासले भुमिका खेल्ने बताए। यसैगरी,कार्यक्रममा आफू मोटि हुँदा अपहेलित भएर आफ्नो शरिरलाइ फिट राख्नु पर्छ भन्ने चेत खुलेर यस फिटनेस पेशा प्रती लागेको बताउने प्रमुख प्रशिक्षक डा.तिलु रानाले अहिले सर्वपक्षिय प्रशन्सा र धन्यवाद पायिरहेको बताउछिन् ।उनी गोजुरियी करातेको सेभेन डन तथा अन्तर्राष्ट्रिय रेफ्री साथै जर्ज समेत हुन् ।उनले निकट भविस्य मै यस पेशालाई देशको सवै प्रदेश सहर पुर्याउने लक्ष्य रहेको समेत बताइन् । कार्यक्रमको संचालन डायनामिक डेस्टिनेशन फाउन्डेसन नेपाल सदस्य केशव नेपालले गरेका थिए।

अञ्जु श्रेष्ठ निमित्त सीईओमा नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अञ्जु श्रेष्ठ नियुक्तहुनुभएको छ ।
इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले नायब सीईओ श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव ध्रुबप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
कम्पनीले कार्यकाल बाँकी छँदै सीईओ बिजयबहादुर शाहलाई बिदा गरेको न्यौपानेले उल्लेख गर्नु भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी चयन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् ।
बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०५१ मा कम्युटर प्रोग्रामर तहको रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् ।सुदामा डट् कम परिवार उहाँलाई पद बृद्धिको शुभकामना गर्दछ ।

सिटिजन्सबैंक र सितल चौतारी होटेल बीच १४ प्रतिशत सम्मको आकर्षक छुट दिने संझौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोबीच समझदारी भएको छ ।सिटिजन्स
बैंक र नयाँ बानेश्वर, काठमाडौं स्थित सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोमा १४ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाएको छ ।

मदिरा सेवनका कारण मृत्युदर अस्वीकार्य रुपमा उच्च रहेको छ ःडब्लुएचओ

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले मङ्गलबार मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको सङ्गठनकोदावीछ ।

मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष वैश्विकस्तरमा हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ ।
उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत थियो । यसमा करिब तीन–चौथाई मृत्यु पुरुषहरूको भएको थियो ।
“मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्याउँछ, दीर्घकालीन रोग, मानसिक स्वास्थ्य अवस्थाको जोखिम बढाउँछ र दुःखदरूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई मादक पदार्थ सेवन नगरेररोक्न सकिन्छ”, डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने।

सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानिमा केही कमी आएको उनले बताए। युवाहरू असमानरूपमा प्रभावित भएको उल्लेख गर्दै उनले भने, “तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक बोझ अस्वीकार्यरूपमा उच्च बनेको छ ।”
सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ ।
क्यान्सर र कार दुर्घटना
मदिरा सेवनको सम्बन्ध कलेजो सिरोसिस र केही क्यान्सरजस्ता धेरै स्वास्थ्य अवस्थासँग जोडिएको छ । सन् २०१० मा यसबाट हुने सबै मृत्युमध्ये करिब १६ लाख गैरसङ्क्रामक रोगहरूबाट भएको पत्ता लागेको प्रतिवेदनमा उल्लेख छ ।

यीमध्ये चार लाख ७४ हजार हृदयरोग, चार लाख एक हजार क्यान्सर तथा सवारी दुर्घटना र स्वयंलाई हानि गर्नेजस्ता चोटपटकबाट सात लाख २४ हजारको मृत्यु भएको थियो ।
विश्वको १५ वर्षभन्दा माथि उमेरका आधाभन्दा धेरै जनसङ्ख्या पूर्णरूपमा मदिराबाट अछूतो छैन । युरोपमा अहिलेसम्म प्रतिव्यक्ति मदिरा सेवन गर्नेको उच्चतम स्तर नौ दशमलव दुई लिटर छ। त्यसपछि अमेरिकामा सात दशमलव पाँच लिटर छ।
प्रतिवेदनले सबैभन्दा कम खपत मुख्यगरी उत्तरी अफ्रिका, मध्यपूर्व र एसियाका मुस्लिम मुलुकहरूमा रहेको बताएको छ।

एनआईसी एशिया बैंक द्धारा कर्जा छुट सम्वन्धी योजना सार्वजनिक

एनआईसी एशिया बैंक द्धारा कर्जा छुट सम्वन्धी योजना सार्वजनिक

बजेट राम्रो भएकोले पारित गरियो ः केपी ओली अध्यक्ष

काठमाडौं ।संसदमा बजेट प्रस्तुत गरिंदा बनेट प्रति असन्तुष्टि जनाउदै आउनु भएका नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिनुभएमो छ ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा बजेट राम्रो भएको जानकारी दिनुभएको हो । । बजेटराम्रो भएकाले बहुमतले पास गरियो । उहाँले भन्नु भयो ।
, यसअघि बजेट आएलगत्तै ओलीले संसदीय दलको बैठकमा बजेट नेकपा माओवादी केन्द्रित भएर आएको प्रतिक्रिया दिनुभएको थियो ।

एसइई परीक्षाको नतिजा यही असार १३ गते प्रकासन गर्ने परिक्षा बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए ।
परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’
उनले कर्मचारीहरुको समूह बनाएर काम भइरहेको बताए। उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए ।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

अब व्यवसाय चलाउन भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनु र्छ ः गभर्नर काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायहरू अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन् । हालै राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफू बिग्रिएर गाली अरुलाई गर्न नहुने बताएका हुन् । उनले भने, ‘देशभित्र राम्रो अवसर छ । तर आ(आफ्नो व्यवसाय गर्दा स्वमूल्याङ्कन चाहिँ गर्नुपर्छ । व्यवसायलाई पनि आधुनिकीकरण गर्नु आवश्यक छ । नयाँ प्रविधि र नयाँ मेकानिजमका आधारमा गर्न आवश्यक छ । हाम्रो व्यवसाय पुरानै ढर्रामा चलेका छन् । ग्राहकलाई घरमै सामान पुर्‍याइदिने संस्कृति विकास हुँदैछ । होइन, मेरो त पसलमै ग्राहक आएर खाइदेला भन्यो भने हुँदैन । आफ्नो व्यवसायका मोडेल आफूले तयार गर्नुपर्दछ । आफू बिग्रिने गाली अरुलाई गरेर हुन्छ त ? राष्ट्र बैंक व्यापार व्यवसाय गर्नका लागि वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबै व्यवसायीहरुले आफ्नो व्यवसायको गुणस्तर बढाउँदै लैजानुपर्ने बताए । साउनको पहिलो हप्तामै मौद्रिक नीति ल्याउने दाबी गरेका अधिकारीले आवश्यक सुझावहरु सङ्कलन गरिरहेको बताए ।

X
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायहरू अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन् ।
हालै राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफू बिग्रिएर गाली अरुलाई गर्न नहुने बताएका हुन् ।
उनले भने, ‘देशभित्र राम्रो अवसर छ । तर आ(आफ्नो व्यवसाय गर्दा स्वमूल्याङ्कन चाहिँ गर्नुपर्छ । व्यवसायलाई पनि आधुनिकीकरण गर्नु आवश्यक छ । नयाँ प्रविधि र नयाँ मेकानिजमका आधारमा गर्न आवश्यक छ । हाम्रो व्यवसाय पुरानै ढर्रामा चलेका छन् । ग्राहकलाई घरमै सामान पुर्‍याइदिने संस्कृति विकास हुँदैछ । होइन, मेरो त पसलमै ग्राहक आएर खाइदेला भन्यो भने हुँदैन । आफ्नो व्यवसायका मोडेल आफूले तयार गर्नुपर्दछ । आफू बिग्रिने गाली अरुलाई गरेर हुन्छ त ?

राष्ट्र बैंक व्यापार व्यवसाय गर्नका लागि वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबै व्यवसायीहरुले आफ्नो व्यवसायको गुणस्तर बढाउँदै लैजानुपर्ने बताए ।
साउनको पहिलो हप्तामै मौद्रिक नीति ल्याउने दाबी गरेका अधिकारीले आवश्यक सुझावहरु सङ्कलन गरिरहेको बताए ।

आज बसेको मन्त्रिपरिषदबैठकले गरेका पछिल्ला २१ निर्णयहरु

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्बजनिक भएका छन् । बैठकले विभिन्न मन्त्रालय अन्तर्गत २१ निर्णय गरेको छ ।
जसमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा रहेका नेपाल सरकारका मुख्य सचिव डा। बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गर्ने र सरूवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कार्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८।१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

 

 

सुदामा ताजा समाचार

उच्छृंखल व्यवहार गर्दै हिँडेका एक दर्जन प्रहरीको खोरमा

काठमाडौं । प्रहरीले होलीको नाममा उच्छृंखल गतिविधि गरेको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ ।काठमाडौबाट प्रहरीको नियन्त्रणमा आउने तीमध्ये दुई जना महिला रहेका छन्...

नेपाल बिमाप्राधिकरणले बैशाख १ देखी इजलास राख्ने

काठमाडौं । नेपाल बिमा प्राधिकरणले २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि...

होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो

काठमाडौं । आज विहीवार फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व , यस अवसरमा हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईयो। रंगहरुको...

एनएमबी बैंकको जिम्मेवारी सीईओ गोविन्द घिमिरेलाई

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ मा गोविन्द घिमिरे नियुक्त भएका छन् यस सँगै बैकको कार्यभार उहाँको कााधमा पर्न आएको हो ।...

आगामी चैत ७ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने ःसभामुख

काठमाडौँ , प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामि चैत ७ गते हुने भएको छ। प्रतिनिधि सभाको बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम चैत...