उपनिर्वाचनले थपिदियो पुरानै दलहरुमा ऊर्जा, नयाँ दलका लागि पुराना दल चुनौती?

काठमाडौं । मुलुकमा विभिन्न नयाँ राजनीतिक दल खडा भएर २०७९ को आम निर्वाचनमा केही ठाउँमा जनमत जितेपनि अधिकांश जनताको मनमष्तिष्कमा पुरानै दलहरु नेकपा एमाले, नेपाली कांग्रेस नै घुमिरहेका रहेछन् भन्ने कुराको पुष्टि वैशाख १५ गते सम्पन्न इलाम २ को प्रतिनिधि सभा र बझाङ १९क०को प्रदेश सभाको उपनिर्वाचनले गरेको छ । ती स्थानहरुमा अन्य विभिन्न साना मझौला राजनीतिक दलहरुले पनि उपनिर्वाचनमा भाग लिएका थिए । उपनिर्वाचनमा इलाम–२ का स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले मुस्किलले जमानत जोगाएका थिए । चर्चित कहलिएको रास्वपाको जमानत नै जफ भएपछि उ झस्किएको छ । अरुको जमानत जफत हुनु स्वभाविकै देखिएको
छ ।
सामाजिक सञ्जालमा परिवर्तन र विकल्पाको बहस तीव्र भए पनि इलाम–२ र बझाङ १९क० मा भएको उपनिर्वाचनले पुरानै दल९एमाले–कांग्रेस०लाई राजनीतिक शक्तिको पक्षमा जनमत दिएको
छ । इलाम २ बाट पूर्व सभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बाबुको बिँडो थाम्दै निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालार्य फराकिलो मतान्तरले पराजित गरेका हुन् । खड्काले २१ हजार ९४३ मत प्राप्त गर्दा नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरेका थिए । यसअघिको निर्वाचनमा भने खड्का झिनो मतान्तरले पारति भएका थिए । २०७९ मंसिर ४ गतेको निर्वाचनमा मतान्तर ११४ थियो भने यस पटक ५ हजार ८३० छ । यति धेरै मतान्तर हुनुको कारण एमालेलाई नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल परिवार दलको समर्थन पनि हो भनिएको छ ।
त्यसैगरी बझाङ प्रदेश सभा १९क०मा भएको उपनिर्वाचनमा नेकपा एमालेकै उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहलाई २६६ मतले पराजित गरेका छन् । सदर भएको २९ हजार ७०५ मतमध्ये एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याए भनें कांग्रेसका सिंहले ११ हजार ३४६ मत ल्याए । यसरी नेपाली कांग्रेस दुवै क्षेत्रमा निकटतम प्रतिद्वन्दी मात्रै बन्न पुगेको छ । कांग्रेसको यो पराजयले २०८४ को निर्वाचनमा आत्तिनु पर्ने अवस्था भने छैन । बझाङमा प्रमुख दलबीच गठबन्धन नभए पनि पहिलो दल नेकपा एमाले, दोस्रो दल नेपाली कांग्रेस र तेस्रो दलमा माओवादी भएका छन् ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जितेपछि र अघिल्लो वैशाखमा प्रतिनिधि सभा सदस्यका लागि तनहूँ १ र चितवन २ मा भएको उपनिर्वाचनमा रास्वपाले विजयी प्राप्त गर्दा मूलधारको शक्तिमा भएका भनिएका नेपाली कांग्रेस र नेकपा एमालेको अस्तित्व सकिए छ कि भन्ने भान जनतामा पर्न थालेको थियो । तर त्यो भानलाई इलाम २ मा र बझाङ १९क०मा भएको उपनिर्वाचनको परिणामले चिरीदिएको छ । उपनिर्वाचन अघि इलाम २ मा रास्वपाले २०८४को निर्वाचनमा मिसन ८४ मार्फत बहुमत ल्याउन सक्ने आँकलन गरिएको थियो । रास्वपाको प्रदर्शन चासोको विषय भएको थियो । तर त्यहाँका जनताले एमाले र कांग्रेसलाई मुलशक्ति बनाएपछि रास्वपाको प्रदर्शन अनर्थ सावित भएको छ । इलामे जनताले पुराना र अनुभवी दलकै रुपमा आफुलाई उभ्याएका छन् ।
यस पटकको उपनिर्वाचनले पुराना दललाई राहत मिले पनि नयाँ दलहरुको चुनौती भनें बढाएको
छ । नयाँ दलले आगामी आम निर्वाचनसम्म नयाँ ढंग र शैलीबाट अघि बढेर जनताको मन आफुतर्फ ढल्काउन सकेनन् भने नयाँ दलका लागि पुराना दल चुनौती सावित हुन सक्छन् ।
यसता यस पटकको उपनिर्वाचन परिणामले एमाले हौसिएको छ भने नेपाली कांग्रेसले पराजयबाट पाठ सिक्ने भएको बुझिँदै छ । हौसिएको एमाले भन्छ– ‘इलाम २ को उपनिर्वाचनमा एमालेले अत्यधिक बहुमत ल्याएको छ । बझाङमा पनि एमालेकै जित भएको छ । यो जितले व्यक्तिगत पहिचान बनाउन खोज्नेलाई पाखा लगाएको छ । त्यसैले पहिचानवादी कहिल्यै पनि सफल नहुने टिप्पणी गरेको
छ । इलामको विकासको जिम्मा सुहाङ नेम्वाङले लिने र नेम्वाङको जिम्मा पार्टीले लिने अध्यक्ष ओलीको भनाई छ ।
नवनिर्वाचित सांसद नेम्वाङले पनि एक–एक मतको उच्च सम्मान गर्दै आफ्ना पिताले देखाएको बाटोमा हिँड्ने र मतदाताको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता पुरा गर्लान् वा नगर्लान त्यो समयले बताउला ।

LEAVE A REPLY