Page 2

कतारका राजा अमिर नेपालमा आउदै

काठमाडौँ।कतारका अमिर शेख तमिम बिन हमाद अल थानी औपचारिक भ्रमणका लागि आज अपराह्न नेपाल आउने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, कतारी अमिर राष्ट्रपति पौडेलले साँझ आयोजना गर्ने राजकीय भोजमा सामेल हुनेछन् ।

अमिरले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने छन् भने भोलि नै केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । उनी भोलि नै काठमाडौँबाट फर्किने तालिका रहेको छ ।

यसैबीच, कतारका राजा अमिरको राजकीय भ्रमणको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।

आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश गरेको छ ।

आयोगले लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेस नगर्ने दलहरु आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक, दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेश नगर्ने राजनीतिक दलहरू गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाललाई स्पष्टीकरण सोधेको आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगमा दर्ता कायम रहेका एक सय १८ दलमध्ये आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधिभित्र पेश गर्ने ८२ राजनीतिक दलमध्ये प्रतिवेदन सार्वजनिक नगर्ने २१ दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिन निर्देशन गरिएको छ ।

समयमा लेखापरीक्षण सार्वजनिक नगर्ने दलमा मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, सङ्घीय विकासवादी पार्टी, नेपाल, अखण्डसुदूरपश्चिम पार्टी नेपाल, मुस्कान सेना नेपाल पार्टी, बहुजन एकता पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल समाजवादी कांग्रेस, जनताको जनवादी पार्टी, नेपाल, मितेरी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९समाजवादी०, नेपाल लोकतान्त्रिक पार्टी रहेको छ ।

वर्तमान गठबन्धन माघ कट्दैन

इलाम । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म पनि भत्किसक्ने दाबी गरेका छन् ।

आज ९शनिबार० इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको ।’

उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको पनि बताएका छन् । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उनको भनाइ थियो । ‘चुनाव अगाडि गठबन्धन जनतालाई धोका हो । चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनावअघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो ।

उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाइ गर्ने बेला आएको पनि बताएका छन् । चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनको भनाइ थियो । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए । महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको उल्लेख गरे ।

नेपालले गुमायो ४ विकेट

काठमाडौं।नेपाले हङकङविरुद्ध ५० रन जोड्दा चौथो विकेट गुमाएको छ।

एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले खराब सुरुवात गरेको छ।

कप्तान रोहित पौडेल २१ रन बनाएर पभिलियन फर्किए।उनी आतिक इकवालको बलमा एलबीडब्ल्यू भएका हुन्।

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैन : आरजु देउवा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा। आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।

काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानविन समिति भरपर्दो नरहेको जिकिर गरिन् ।

सभापति राणाले सहकारी संस्थाहरु आफैँसँग पनि गुठीमा परेका रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाईमा समेत चासो नदिएको बताइन् ।

‘असुली गर्न चाहीँ एकदमै गाह्रो छ । उहाँहरुसँग कुनै ह्युमन रिर्सोस पनि छैन, पुलिस पनि छैन । खाली आफ्नो भरमा मात्रै त सम्भव पनि छैन । भनेपछि गोर्भमेन्टले फर्म गरेको संयन्त्र कति सिरियसली फर्म गरेको हो त रु यो एउटा खाली सिम्बोलिक मात्रै हो कि रु साँच्ची नै यसबाट असुली नै गर्ने हो रु त्यो प्रश्न पनि छ’उनले भनिन्,‘हुनतः रिपोर्ट पढ्दाखेरी २० वटा सहकारी समस्याग्रस्त छन् । त्यसमध्ये अहिले न्युजको हेडलाईनमा आउनेहरुको नाम पनि त्यो रिपोर्टमा छ ।’

सहकारी संस्थाहरुले मान्छेको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरुले सम्बन्धित सहकारीलाई निर्देशन दिएको पनि उनले उल्लेख गरिन् ।

सभापति राणाले २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको बताइन् ।

‘चाहीँ इन्टे«ेष्टिङ २०७४ साल भन्दा अगाडि चाहीँ बैंक खोलेजस्तै गरेर नियम कानून अनुसार कडाईका साथ सहकारी खोलिन्थ्यो’ उनले भनिन्,‘२०७४ सालमा संशोधन भएर राष्ट्र बैंकले हेर्न नपर्ने भन्ने भएपछि समस्याहरु आएको हो ।’

सभापति राणाले २० वटा भन्दा बढी सहकारी क्षेत्र समस्याग्रस्त हुँदा पनि सो समस्या समाधान गर्न सरकार गम्भिर नभएको बताइन् ।

अभिनेता सलमान खान

मुम्बई । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ ।

आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् । यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मुम्बई प्रहरीले कसले-किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ । अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ ।

अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौं पटक ज्यानको धम्की दिइसकेको छ । त्यसकारण फायरिङ पनि उसकै समूहले गराएको दाबी प्रहरीको छ ।

राजनीतिक दलमा आबद्ध शिक्षकलाई सेवाबाट हटाउने

काठमाडौं । राजनीतिक दलमा आबद्ध शिक्षकलाई सेवाबाट हटाउनेसम्मको कारबाही गर्ने शिक्षामन्त्रीको निर्णय कार्यान्वयनमा कैयौँ कठिनाइ रहेको जानकारले बताएका छन्। शिक्षा मन्त्रालयका अधिकारीहरूले पनि यस्तो निर्णय मन्त्रालय मातहत नरहेको बताएका छन्।

दलीय आबद्धता भएका शिक्षकहरूलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने मन्त्रालयको निर्णयपछि आन्दोलित बनेका शिक्षकहरूले भने कारबाही गरेर देखाउन मन्त्रीलाई चुनौती दिइरहेका छन्।

“कसरी चार लाख शिक्षकहरूलाई कारबाही गर्नुहुन्छ हामीले पनि हेर्न बाँकी छ,” शिक्षकहरू सम्बद्ध विभिन्न सङ्गठनहरूको छाता संस्था नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधर भन्छिन्।“दलको सदस्य नलिँदा राम्रो हुन्छ तर आस्था नै राख्न पाइँदैन भन्ने कुरामा चाहिँ हाम्रो आपत्ति छ।”

नेपालमा स्थायी, करार र विभिन्न सेवामा आबद्ध करिब दुई लाख ७५ हजार शिक्षक राज्यबाट तलब, सुविधा लिने गरी काम गरिरहेका छन्। निजी शिक्षण संस्थाहरूमा समेत गरेर करिब चार लाख शिक्षक रहेका महासङ्घको दाबी छ।

सामुदायिक विद्यालयमा आबद्ध धेरैजसो शिक्षकहरू कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुने गरेको बताइन्छ। यद्यपि शिक्षकहरूको दलीय आबद्धताबारे कुनै पनि आधिकारिक तथ्याङ्क सरकारी निकायहरूले सार्वजनिक गरेका छैनन्। यसबारे विवरण उपलब्ध गराउन शिक्षामन्त्री सुमना श्रेष्ठले प्रमुख निर्वाचन आयुक्तसँग भेट गरेको विवरण यसअघि सार्वजनिक भएका थिए।नेपालमा शिक्षकहरूका १५ वटा सङ्गठन छन्। तीमध्ये अधिकांश राजनीतिक दलका शुभेच्छुक सङ्गठन हुन्।

शिक्षकहरूलाई पदबाट हटाउन सहज छ?

कानुन र नियममा व्यवस्था भए पनि शिक्षा मन्त्रालयले चाहँदैमा शिक्षकहरूलाई जागिरबाट हटाउन सहज नभएको पूर्व सचिव र शिक्षामन्त्री समेत भइसकेका माधव पौडेल बताउँछन्।“उहाँको निर्णय निकै राम्रो पनि हो र यो गर्नुपर्ने पनि काम हो,” पौडेल भन्छन्।“तर उहाँसँग सत्तामा साझेदारी गरिरहेका दलहरूको ठूलो सङ्घठन नै शिक्षक र कर्मचारीमा छ। त्यसकारण यसको कार्यान्वयन बहुत गाह्रो छ उहाँले कसरी कार्यान्वयन गर्नुहोला र?”

मन्त्री श्रेष्ठको दलसँगै सत्ता साझेदारी गरिरहेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूका शिक्षक सङ्गठनहरूको देशैभरी सञ्जाल छ। दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न त्यसकारण पनि सहज नभएको उनी बताउँछन्।“निजामती कर्मचारीमा पनि सबै प्रमुख दलका भातृ सङ्गठन छन्। कर्मचारीमा हटाउन नसक्ने शिक्षकहरूलाई मात्रै बर्खास्त गर्ने भन्ने प्रश्न उठ्न सक्छ,” उनले भने।

शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहाल शिक्षकहरूमाथि कारबाहीको प्रक्रिया सम्बन्धित शिक्षकले काम गरेको विद्यालयबाटै सुरु गर्नुपर्ने व्यवस्था रहेको बताउँछन्।“एकैचोटी कारबाही गर्ने भन्ने हुन्न। शिक्षकले काम गरेको विद्यालयबाटै प्रक्रिया अघि बढाएर आउनुपर्ने हुन्छ। यदि राजनीतिक दलको कार्यकारिणी समितिमा भएको कुरो प्रमाणित भयो भने कानुने बर्खास्त गर्नसक्ने अधिकार प्रदेश शिक्षा विकास निर्देशकलाई दिएको छ,” दाहालले भने।

शिक्षकहरूलाई प्रदेश र स्थानीय तहअन्तर्गत राखिएका कारण उनीहरूलाई सेवाबाट हटाउन सम्बन्धित विद्यालयकै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबाट सुरु गरिनुपर्ने शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा बताउँछन्।“शिक्षकको हकमा सम्बन्धित विद्यालयकै प्रधान अध्यापक र प्रधान अध्यापकको हकमा व्यवस्थापन समितिले कारबाही र सेवाबाट हटाउने प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ,” शर्माले भने।

मन्त्रालयले ऐनमा व्यवस्था भएको विषय कार्यान्वयनका लागि पहल मात्रै अघि बढाएको मन्त्रालयका प्रवक्ता केशव दाहाल बताउँछन्।“दलमा लाग्न पाइँदैन कार्यकारिणी समितिमा बस्न पाइँदैन भन्ने कानुनी व्यवस्था छ। कोही शिक्षक त्यस्तो लागेको पाइएमा त्यसलाई छानबिन गर्ने सत्यतथ्य प्रमाण बुझाएर कानुनले तोकेको अधिकारीले उसलाई कारबाही गर्ने। मन्त्रालयले गरेको निर्णय यत्ति हो,” दाहालले भने।

मन्त्रालयले यस्तो उजुरीमा आफैँ छानबिन भने गर्दैन। यस्तो उजुरी आए मन्त्रालयले शिक्षा तथा मानव श्रोत विकास केन्द्रअन्तर्गत प्रत्येक जिल्लामा रहेका शिक्षा विकास समन्वय एकाइमा पठाउँछ।“त्यहाँबाट सम्बन्धित पालिका हुँदै कारबाहीको प्रक्रिया अघि बढाउने हुन्छ,” प्रवक्ता दाहालले भने।

दाहालका अनुसार मन्त्रालयले आफैँ उजुरी भने लिँदैन। यदि कुनै उजुरी मन्त्रालयमा आएको अवस्थामा शिक्षा तथा मानव श्रोत विकास केन्द्रमार्फत् स्थानीय तहमा पठाउँछ।

कानुनमा कारबाहीको व्यवस्था के छ?

शिक्षक सङ्गठनहरूले राजनीतिक आबद्धतामाथि बन्देज लगाएर मन्त्रीले संविधानले दिएको नागरिक अधिकार कुण्ठित गर्ने प्रयास गरेको र आफूहरूको ट्रेड युनियन अधिकार हननको प्रयत्न गरेको आरोप लगाइएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक सुरु

काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरे। महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् । बैठक भोलिसम्म सञ्चालन हुनेछ । सुदामा ।

नेपाली बजारमा सुनको मूल्यले बिहीबार पनि नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले बिहीबार पनि नयाँ कीर्तिमान कायम गरेको छ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ।

तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ।

चाँदीको मूल्य पनि तोलामा ४० ले वृद्धि भएको छ। बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ।

डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा

नेपालका पहिलो मध्येका एक डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा गरेका छन् । तेन्जिङले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य राखेका छन् ।

“अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको छ,” तेन्जिङ भन्छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले तेन्जिङले यस अभियानमार्फत जनचेतना जगाउन गरेको प्रयासको प्रशंसा गरेका छन् । मन्त्री तामाङले तेन्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उनको प्रयासमा सरकारको समर्थन जनाएका छन् । “म खुसी छु कि सरकारले मेरो अभियानको क्रममा आवश्यक सहयोग प्रदान गर्ने वाचा गरेको छ,” तेन्जिङले भने।

सोलुखुम्बुका बासिन्दा तेन्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन् ।

सुदामा ताजा समाचार

पञ्चकन्याद्वारा कविता नेपालीलाई आर्थिक सहयोग

काठमाडौँ । पञ्चकन्या समूहले बहुप्रतिभाशाली कलाकार तथा फिटनेस आइकन कविता नेपालीलाई एभरेस्ट र लोत्से ,जुम्ल्याहा शिखर आरोहण गर्न आर्थिक सहयोग गरेको छ। समूहका प्रबन्ध निर्देशक...

आवश्यकता र प्राथमिकताका अधामा बजेट ल्याउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन...

संबिधान संसोधनमा नेपाल बारले रचनात्मक सहयोग गर्छ ः बिजय मिश्र

काठमाडौं। नेपाल बार एसोसियसनको नव निर्वाचित अध्यक्ष बिजय मिश्रले संबिधान संसोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्ता जनाएका छन् । प्रतिस्पर्धी रमण श्रेष्ठलाइ अत्याधिक मतले पराजित गरेर...

शुरु भयो बिस्का जात्रामा, तौमढीबाट रथ तानिँदै

भक्तपुर , ८ रात ९ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज शुरु भएको छ। तौमढीस्थित...

सरकार र शिक्षक महासंघबीच वार्ता हुँदे

काठमाडौं । शिक्षा ऐन जारीको माग राख्दै केही दिनयता आन्दोलनरत शिक्षक र सरकारबीच अहिले वार्ता भईरहेको छ । शिक्षकहरुले शिक्षा ऐन नबनिकन आफ्नो कार्यक्षेत्र...