Page 13

जेठ १ गते राष्ट्रपतिद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने ।

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आउँदो जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिनुभयो।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुने भएको छ ।
हरेक वर्ष जेठ १५ गते सरकारले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिन्छ । त्यसमाथि संसद् बैठकमा छलफल गरिन्छ । छलफलपछि संसद्बाट नीति तथा कार्यक्रम पारित गर्ने व्यवस्था छ ।

शेयर बजारमा सामान्य सुधार, ३ अर्ब १२ सुधार करोडको कारोबार भयो ।

काठमाडौं । शेयर बजारमा सामान्य सधारआउँदा कारोबार रकम पनि केही बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेकाअनुसार आज बजार ५।६३ अंकले बढेको हो । ०।२८ प्रतिशतले बजार बढ्दा नेप्से १९६६।२३ अंकमा उक्लिएको छ
बजार केही उकालो चढ्दा जीवन बीमा, उत्पादन मूलक र लघुवित्त राताम्मे हुँदा अरुमा हरियाली छायो । होटल समूह सबैभन्दा बढी ६।९६ प्रतिशतले बढेको हो ।
आज ३१३ कम्पनीका ७० लाख ५८ हजार ३ सय ९९ कित्ता शेयर किनबेच हूँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३ सय ६२।५९ रुपियाँ बराबरको कारोबार भएको हो ।

ओरियन्टल होटल्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ८।४६ प्रतिशतले नाफा कमाएका छन् भने कुमारी सवल योजनाका लगानीकर्ताहरुले सबैभन्दा बढी ८।४८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १६ करोड ९७ लाख १६ हजार ४ सय १८ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार २४।४० र सोमबार १५।६२ अंकले घटेको शेयर बजार मंगबार २।०६ अंकले उचालिएको थियो भने हिजो बुधबार ०।२१ अंकले मात्रै तल झरेको थियो ।

मन्त्री परिषदले गरेका आजका निर्णयहरु ः—

काठमाडौँ, २७ वैशाख : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेश जोशी र भिम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।
आजबसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
त्यस्तै सरकारले समाज कल्याण परिषद्को रिक्तउपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सिफारिस अनुसार सरकारले उक्त निर्णय गरेको हो ।
त्यस्तै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरी खेलकुद मन्त्रालयको प्रस्तावमा क्रिकेट, कराते र तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका ४२ खेलाडीलाई पुरस्कार वापतको रकम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

 

आज देशका केहिे स्थानमा चट्याङसहित वर्षा हुने,सर्तक रहन विभागको आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

 

प्रधान मन्त्री प्रचण्डले गराए दाँतको उपचार 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाँत दुख्ने समस्या भए पछिवीर अस्पतालमा दाँतको उपचार गराएका छन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हिजोबिहानदेखि असैह्य रुपमादाँत दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए ।
डा रितु श्रेष्ठ नेतृत्वको टीमले उनको उपचार गरेको छ ।

मिसन ०८४ सामान्य छैन , अव तिनै तहमा बहुमत आउने गरी जुट्नु पर्दछ ः—अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा तीनै तहमा बहुमत ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमाले कपिलवस्तुको १० औं अधिवेशन उद्घाटन गर्दै उनले बहुमत बिनाको सरकारले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसक्ने भन्दै बहुमत चाहिनेमा जोड दिए ।
उनले मिसन ०८४ सामान्य नभएको जनाउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेको तर्क गर्दै अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने गरी लाग्न अनुरोध गरे ।
‘एमालेको काँधमा विकास र समृद्धिको जिम्मेवारी छ, यसका लागि एकल सरकार नभई सम्भव छैन, यो कुरा बुझेर अघि बढ्न मेरो आग्रह छ,’ओलीले भने, ‘राष्ट्रियताको रक्षाका लागि पनि एमालेलाई बलियो बनाउनुपर्दछ। तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव छ । ’
माधव नेपालप्रति लक्षित गर्दै ओलीले गलत मनसायले पार्टी फुटाएर, कम्युनिष्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाएको आरोप लगाए ।
अध्यक्ष ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको उल्लेख गर्दै सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न आग्रह गरे । अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश र भरोसा नदिइएको दावी गरे ।
अध्यक्ष ओलीले कपिलवस्तुमा पार्टीले गरेको प्रगतिको सम्मान गर्दै उचित जिम्मेवारी पनि दिएको जानकारी दिए ।

छानबिन समिति बन्नु पर्नेमा कांग्रेसको अडान कायमै

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समितिको मागलाई संसद्को आगामी अधिवेशनमा पनि कायमै राख्ने निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति गठन गर्नुपर्ने विषयमा छलफल भएको हो।
यसअघि निरन्तर कांग्रेसले सोही मागलाई अघि सार्दै संसद् अवरोध गर्दै आइरहेको थियो। आगामी शुक्रबारबाट सुरु हुने संसद्को बजेटअ धिवेशनमा सरकारले छानबिन समिति बनाए आफूहरु चुप रहने नत्र अवरोध कायमै राख्ने कांग्रेसका उपसभापति धनराज गुरुङले जानकारी दिए।

‘हाम्रो स्पष्ट कुरा सबैलाई थाहा नै छ, यसअघि पनि हामीले निरन्तर संसद्मा कुरा राख्दै आइरहेका छौँ। बैशाख २८ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा संसदीय छानबिन समिति लिएर सरकार आएमा संसद् चल्छ, नत्र चल्दैन,’ उनले भने।
त्यस्तै गृहमन्त्री लामिछानेले संसद् सचिवालयमा आफूले बोल्न पाउनुपर्छ भन्ने विषयमा समेत छलफल भएको उनले बताए। आफूहरुको कारणले बोल्न नपाएको भन्ने हल्ला चले पनि वास्त विककता त्यस्तो नभएको बताए
‘गृहमन्त्री ज्यूले संसद्मा बोल्न पाउँ भन्दै निवेदन दिनुभएको छ। त्यसको विषयमा पनि केही छलफल भयो। हाम्रो कारणले बोल्न नपाएको जस्तो देखिएको छ, तर त्यस्तो होइन। आरोप लागेको मान्छेले अलिकति आत्मआलोचना गरेर अनुसन्धानलाई सघाउनुपर्छ की पर्दैन गुरुङले भने।
आजको बैठकमा गण्डकी प्रदेशको विषयमा पनि छलफल भएको थियो। गण्डकी प्रदेशमा जिम्मेवार व्यक्तिहरुबाट संविधान मिचिएको विषयमा छलफल भएको उनले बताए। संविधान विपरित प्रदेश सरकार चलिरहेको र त्यसविरुद्ध अदालतमा रिट परेको र त्यहाँबाट न्याय मिल्नेमा विश्वस्त रहेको बताए।
आगामी बैशाख २८ गतेबाट संसद्को अधिवेशन सुरु हुँदैछ। सोही सन्दर्भमा छलफलका लागि सभापति देउवाले बैठक आह्वान गरेका थिए।

 

भावी उम्मेदवारले सुहाङबाट पाठ सिक्नु —गोपाल आचार्य

जबजब निर्वाचन नजिकिदै जान्छ, सम्बन्धित दलबाट चुनाव लड्ने टिकट पाउँछन् तबतब उम्मेदवारहरु चुनावी राजनीतिक प्रतिस्पर्धामा एक पक्षले अर्कोपक्षको खोइरो खन्ने, नभएका कमजोरी देखाएर मतदाता भ्रमित पार्ने र अर्काको खुट्टा तानेर आफूमाथि जाने हर्कत गर्दछन् । घाँटीका नसा फुल्ने गरी भाषण नगरे र अर्काको कुरा नकाटे यो उम्मेदवार बोल्नै जान्दोरहेनछ भन्ने भ्रम नेता–कार्यकर्ता र सर्वसाधारणमा पर्न थाल्दछ । यो भ्रम नेपालमा मात्र होइन विश्वका धेरै देशमा पर्ने गरेको छ । तर यस्तो भ्रमलाई इलाम–२ का युवा तथा शालीन उम्मेदवार सुहाङ नेम्वाङले चिरी दिएका छन् ।
उनले अर्काको कुरा नकाटी, भ्रम नछरी, कमीकमजोरी नदेखाई चुनावी सभा होस् वा पत्रकारले सोधेको प्रश्नको जवाफमा होस् शालीन र भद्रव्यवहार देखाएर उपनिर्वाचनमा प्रतिस्पधीलाई फराकिलो मतान्तरले पछि पार्दै प्रतिनिधि सभाको सदस्यतामा निर्वाचित भएका छन् । सुहाङको धारणा छ– ‘अरुले के भने भनेर त्यसको जवाफ दिएर बस्नुभन्दा आफ्नो बाटो हिड्ने, आफ्नो काम गर्ने हो, नभए नयाँ पुस्ता र पुरानो पुस्तामा के फरक भयो र रु’
चुनाव अवधिभर मात्र होइन, विजयी ¥यालीमा पनि उनी हौसिएको देखिएन । शान्त र भद्र नै देखिए । बरु उनले विजयी सभामा भने, म सबैलाई भेट्न चाहान्छु, उहाँहरुका योजनालाई पनि मिसाएर एउटै बनाउन चाहान्छु, उहाँहरुको साथ सहयोग पनि मलाई चाहिन्छ ।’ उनले न कसैलाई होच्याए, न त घमण्ड नै देखाए । दुःखमा न आतिने र सुखमा नमातिने उनको व्यवहारले छर्लङ्ग पारीदियो । निर्वाचन अवधिभर उनलाई कतिपय पत्रकार प्रतिस्पर्धी दलका चर्चित भनिएका गगन थापा, रवि लामिछाने लगायतले व्यक्तिगत आक्षेप पनि लगाए, उत्तेजित बनाउन खोजे, कतिपयले उनलाई राजाका छोरा राजा भन्ने आरोप पनि लगाए तर उनी कति पनि उत्तेजित देखिएनन् बरु उनले आफु माथि लागेको आरोपको हाँसीहाँसी उत्तर दिए । उनले भने– ‘पहिलो कुरा त राजा जननिर्वाचित हुँदैनन् । राजाका छोरा राजा पनि निर्वाचित जनप्रतिनिधि होइनन् । राजाका छोरालाई निर्वाचनमा गएर मतदाता रिझाउनु पर्ने आवश्यकता पर्दैन ।’ उनले शालीन तर्कले नै आफुलाई लागेको आक्षेलाइ चिरी दिए । त्यसैले अब भावी उम्मेदवारले पनि सुहाङ नेम्वाङबाट पाठ सिकेर उनीभन्दा अझ शालीन बनुन् । आफ्नो संगठनलाई बलियो बनाउन् । जित अवश्य हुनेछ ।

जिल्लावासीको दबाबपछि भोजपुर–दिङ्ला सडक निर्माणमा तीव्रताः —नगरप्रमुख आले

भोजपुर । भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेले विगत लामो समयदेखि विवाद तथा पटक–पटकको ठेक्का रद्दपछि जिल्लावासीको ठूलो दबाबका कारण भोजपुर–दिङ्ला जोड्ने सडक तीव्र गतिमा निर्माण भईरहेको बताउनुभएको छ । जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग सडक सञ्जालले जोड्न उक्त सडक महत्वपूर्ण योजना भएको उहाँको भनाई छ । उहाँको अनुसार भोजपुरको उत्तरी क्षेत्र जोड्ने मुख्य मार्गका रुपमा रहेको भोजपुर–तीनतले–दिङ्ला सडक निर्माणको काम तीव्र गतिमा अगाडी बढीरहेको छ । भोजपुर नगरपालिका–९ पानीट्याङ्कीबाट सुरुभई धापरवर्क, सन्तले, बाघखोर, तीनतले हँुँदै षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला जोड्ने ५१ किलो मिटर सडकको अक्सफाल्ट प्रविधिको कालोपत्रे गर्ने कार्य अन्तरगत सुरुवाती चरणका कार्य तीव्र गतिमा भइरहेको छ । सडक निर्माणका क्रममा उत्पन्न जग्गा, घर, भवन लगायतका विवाद समाधान गरी निर्माण कार्यमा सहयोग गर्दै आइरहेको नगरप्रमुखको भनई छ । कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा करिब एक अर्ब रुपैयाँ स्रोत सुनिश्चित भई करिब एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको जनाइएको छ । पहिलो चरणमा भोजपुर सदरमुकाम–तीनतले साढे सत्र किलोमिट ५८ करोड रुपैयाँमा र दोस्रो चरणमा साढे ३३ किलोमिटर ६३ करोड रुपैयाँमा तीनतले–दिङ्ला सडक पिचको ठेक्का सम्झौता क्रम रायमाझी मार्सेली र बानियाँ निर्माण कम्पनीले पाएको थियो । सम्झौता अनुसार पहिलो फेजमा सडक साइड कटिङ, क्लियरेन्स, चौडापार्ने, ग्याविन र रिटेनिङवाल लगाउने, नाली बनाउने काम भईरहेको छ भने, दोस्रो फेजमा चारकिलोमिटर सडक कटिङ्ग, ग्रेडिङ तथा साइड क्लियरेन्स भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमख ई.रामेश्वर महतोले जानकारी दिनुभयो । मार्सेली जेभीका ठेकेदार श्याम श्रेष्ठले पहिलो चरणको ठेक्का सम्झौतापछि काम सुरु भएको तीन महिनाको अवधिमा १२ किलोमिटर कटिङ र ग्रेडिङ, छ किलोमिटर सम्म ड्रेन, ग्याविन, पिसीसी, स्टोन मेसिनरी, होमपाइप लगायत को कार्य भइरहेको जानकारी दिनुभयो । कम्पनीसँग पर्याप्त स्रोत साधनसँगै फिल्डमा १५० जना कामदार कार्यरत रहेकाले सम्झौता अवधि भित्रै निर्माण सम्पन्न गर्न सकिने ठेकेदार श्रेष्ठको भनाई छ ।

अत्यधिक मात्रामा प्रदुषण बढ्यो, सतर्क रहौं ।

पछिल्लो समय लामो समयदेखि परेको खडेरी, देशैभर लागेको डढेलो, धुलोयुक्त सडक, सवारी साधनको चाप वृछि, बढ्दो जनघनत्वलगायत विविध कारणले संघीय राजधानी विश्वकै प्रदुषित शहरका रुपमा सुचिकृत भएको छ । यद्यपी यो क्रममा कुनै बेला फेरबदल पनि हुँदै आएको छ । यसरी फेरबदल भएकै कारण हाम्रो स्वास्थ्यमा गम्भीर प्रकारको असर भने परेको छैन । यसलाई सौभाग्य नै ठान्नुपर्छ ।
प्रदुषणकै कारण मौसम सफा छैन । चर्किएको घाम वा मध्याह्नमा पनि अँध्यारो देखिन्छ । उपत्यका वरीपरीका डाँडा–काडा र हरियाली प्रष्ट रुपमा देख्न सकिँदैन । हवाई उडानमा पनि सहजता देखिएको
छैन । स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा श्वास प्रश्वासमा अवरोध आउला जस्तो हुने, आँखा पोल्ने, बढी गर्मी हुने लगायतका समस्या आउन थालेका छन् । यसबाट बच्न स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेर अनावश्यक रुपमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध समेत गरेका छन् । यस्तो प्रदुषण बढ्नुको कारण सुख्खायामसँगै बढेको खडेरी, तापक्रम वृद्धि र त्यसकाकारण मुलुकभर लागेको डढेलो नै भएको मौसम विद्हरुले बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५३ जिल्लाका ४३६ स्थानका वनमा डढेलो लागिरहेको छ । डढेलो लाग्ने क्रम बढी रहेको छ । डढेलोविद् सुन्दर शर्माका अनुसार मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलोका कारण वायु प्रदुषण बढाउनमा डढेलोले सहयागे गरिरहेको छ । मूख्य भूमिका नै डढेलोको छ । यसैका कारण अहिले वायु प्रदुषण बढेर काठमाडौंलगायत मुख्य शहरको हावा अस्वस्थ बनेको छ । अझै खडेरी लम्बिएर केही दिन पानी नपर्ने हो भने वायु प्रदुषणकोस्तर अझ खतरनाक तहमा पुग्ने सुन्दर शर्माले बताएका छन् ।
त्यसैगरी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि तत्कालका लागि डढेलो निभाउने गरी र प्रदुषित हावा सफा गर्ने गरी पानी पर्ने सम्भावना नभएको बताएका छन् । महाशाखाका मौसम विद् गोविन्द झाका अनुसार केही ठाउँमा सामान्य वर्षाको सम्भावना देखिए पनि ठूलो वर्षाको सम्भावना देखिएको छैन । त्यसैले गर्दा यो प्रदुषण मात्रा कम नहुञ्जेल स्वयं सतर्क रही आफ्नो दैनिक कामकाजहरु गर्न सबै सर्वसाधारणहरु सजग बनौं ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...