Page 3

रामबहादुर बमजन लाई सजाय गर्न असार १७ गतेका लार्गि अर्को पेसी तोकियो

 

काठमाडौं । ‘लिटिलबुद्ध’ का नामले चर्चित रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहरिएपछि आज सोमबारसर्लाही जिल्ला अदालतले बमजनलाई सजाय निर्धारणका लागि अर्को पेसी तोकेको छ ।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बमजनलाई दोषी ठहर गर्दै असार १७ मा सजाय निर्धारणका लागि पेसी तोकेको हो । बमजन २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।

यथास्थितिमा प्रेस युनियनले असार २२ गत पनिे महाँसघको चुनाव हुन नदिने

काठमाडौं। नेपाल प्रेस युनीएनका अध्यक्ष शिव लंसालले यही असार २२ गते हुने भनिएको नेपाल पत्राकार महाासघको चुनाव यथास्थितिमा हुन नदीने घोषणा गरेका छन् निर्वाचनका लागि मापदण्ड पुरा हनुपर्ने लंसालको भनाई रहेको छ ।
त्यसै गरी युनियनका उपाध्यक्ष जीवन भण्डारीले पनि मापदण्ड अनुसार सदस्यताका टुङ्गो लगाउन महासङ्घ केन्द्रलाई २४ घण्टाको अल्टिमेटम दिएको उल्लेख गरेका छन् । त्यसो नगरे प्रेस युनियनले निर्वाचन हुन नदिने र आन्दोलन गर्ने निर्णय गरेको जानकारी गराएका छन् ।
एकातिर प्रेस युनियनको यस्तो अडान छ भने अर्कातिर यस पटकको पत्रारकार महाँसघको निर्वाचनमा आफ्नो समुहले हार्ने लगभग पक्का पक्की भए पछि निर्वाचनमा भाँजो हाल्नखोजेको आरोप प्रेस चौतारी लगायतका पत्राकारहरुले आरोप लाउन थालेका छन् ।

महाँधिवेसनकालागि आर्थिक संकलन गर्दै नेकपासमाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक संकलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ ।
पार्टी निकट जनसांस्कृतिक महासंघले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरूको सहभागितामा विभिन्न गीत, नृत्य तथा सांगीतिक रचना प्रस्तुत गर्न लागिएको महासचिव ऋषि अधिकारीले जानकारी दिए
यही असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महाधिवेशनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्ने कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतको हभागिता रहनेछ । त्यहाँ विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग संकलन गरिने महासचिव अधिकारीले जानकारी दिए ।

 

बेमौसमी तरकारी बेचेर आर्थिक स्तरसुधार गर्दै शालिजाका किसान

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो ।
व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए ।
माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ । शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ ।
मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए । उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ । शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो । आलु बिक्री गरेर मात्र गाउँमा करिब रु एक करोड भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए । पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ । अहिले आलु खनेर बजार पुर्‍याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए ।
शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए । उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर रु दुई लाखदेखि छ लाखसम्म कमाउने गर्दछन् । विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौँ, कुश्मा, बागलुङबाट माग आउने बताए
घरबाटै बीउ आलुलाई रु दुई सयदेखि दुई सय ५० पाथीमा बिक्री गर्न सकिने उनले भने । ‘शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ’, उनले भने । मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए । जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए ।

भारतीय चर्चित गाइका अल्कालाई न्यूरो संक्रमण

काठमाडौं । भारतीय चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ किसिमको न्यूरो संक्रमण भएको छ । जसका कारण उनको श्रवण क्षमता गुमेको उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् । उनले आफू लामो समयदेखि निष्क्रिय रहनुको कारण पनि यही रहेको बताएकी छन् ।

उनले आफूले आफ्ना फ्यान, शुभचिन्तकलाई जानकारी दिन भनेर पोस्ट गरेको उल्लेख गरेकी छन् । उनले आफूलाई दर्शक तथा स्रोताहरुको माया र साथले रोगविरुद्ध लड्न र फेरि निको हुने आशा पनि व्यक्त गरेकी छन् । उनले फ्यानहरुलाई ठूलो स्वरमा गीत–संगीत नसुन्न पनि सजग गराएकी छन् । करिब २१ हजार गीत रेकर्ड गराएकी अल्काले भारतमा दुई राष्ट्रिय सम्मान पाएकी छन् ।

 

पूर्व डिएस्पी प्रहरीको फन्दामा

काठमाडौं । साठी किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपितको अनुसन्धान प्रभावित पारिदिने आश्वासन दिएर रकम ठगेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा परेका छन् । अर्घाखाँचीका ६३ वर्षीय केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र रूपन्देहीका ४३ वर्षीय झविन्द्र प्रहरीकोफन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसीआईबीको टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
अवैध सुन तस्करीको रकम भुक्तानी गरेको आरोपमा पक्राउ परेका पेवेल नेपाल प्रालिका कर्मचारीमाथिको अनुसन्धान प्रभावित पारिदिने आश्वासन दिएर उनीहरूले साढे आठ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले निष्कर्ष निकालेको छ । पक्राउ परेकामध्ये शर्मा प्रहरीकै अवकाशप्राप्त डीएसपी हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले केही समयअघि गौशालामा जुत्ताको मालासमेत लगाएका थिए
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बैंकको खराव कर्जा घट्न सहकारीमा सधारआउन जरुरी ःमहापसाद अधिकारी गर्भनर नेपालराष्ट्रबैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने बताउनु भएको छ ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाले यस्तो दाबी गनुृभएको हो ।
देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदैउहाले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने बताउनु भएको हो ।
‘सहकारीको विषयमा सोच्न ढिलाभइसकेको छ, अर्थतन्त्रमा सहकारीको भूमिका ठूलो छ, सहकारीहरु बैंकजस्तो भएर अगाडि बढ्दा समस्या देखिएको हो, हामीले सहकारीमा दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्ष अगाडिदेखि भन्दै आएका थियौं ।
तर, कार्यान्वयन हुन नसक्दा समस्या आएको हो,’ उहाले भन्नुभयो , ‘यो समस्या समाधान नहुँदासम्म बैंकको खराब कर्जा पनि घट्दैन, अर्थतन्त्रमा पनि सुधार आउँदैन ।’
यस्तै, उहाले बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा पनि खराब कर्जा बढेको बताउनुभयो । । उहाले अर्थतन्त्र चलायमान हुन नसक्दा, आर्थिक सिथिलता, रिकभरीमा समस्या र व्यवसायीमा मनोवल घटेका कारण खराब कर्जा बढेको धारणा धारणा राख्नु भयो ।
उहाले अहिले राष्ट्र बैंकले क्रेडिट स्कोरमा पनि प्राथमिकता दिइरहेको जानकारी गराउनु भयो । । ऋण नतिर्दा पनि हुन्छ भन्ने गलत मानसिकताका कारण पनि बैंकको खराब कर्जा बढेको बताउँदै अब त्यसको न्यूनीकरणका लागि राष्ट्र बैंकले क्रेडिट स्कोरलाई प्राथमिकता दिइरहेको जानकारी गराउनु भएको हो । ।
उहालेआर्थिक स्थिरताका लागि राजनीतिक स्थिरता पनि आवश्यक हुने धारणा राख्नु भयो। ‘अन्य देशमा राजनीतिक स्थिरता भएकोले आर्थिक स्थायित्व हुन सकेको हो
नेपालमा राजनीतिक अस्थिरता हुँदा समस्या देखियो,’ उहाले भन्नुभयो बैंकको नाफा बढी भएको भन्दै बजारमा हल्ला भइरहेको बताए पनि ८ प्रतिशतको औसत नाफा बढी नभएको तर्क दिनु भयो ।
यस्तै, नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बढ्दै गएको खराब कर्जाले अर्थतन्त्रमा ठूलो समस्या सिर्जना गरिरहेको बताउनु भयो ।

 

सार ८ र ९ गते काठमाण्डौमा बत्ती जाने ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा विद्युत् आवागमन प्रभावित हुने भएको हो ।
शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यी क्षेत्रमा आइतबार पनि फरक फरक समयमा विद्युत् आवागमन प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

अध्यक्ष ढकाल र कार्यकारी प्रमुख ढुङ्गानाले गरे सम्झौता पत्रमा हस्ताक्षर

 

काठमाडौँ ।आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६।३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।

सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नविल बैक लिमिटेडले गरेको छ भने अन्य सहभागि बैकहरूमा एभरेष्ट बैक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य वैक र प्रभु बैक लिमिटेड रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी इक्विटीबाट जुटाइएको छ । इक्विटीमा आईएमई समुह र सर्वसाधारणको लगानी रहने छ।

सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये नविल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकले १ अर्ब रूपैयाँ रहने छ ।

मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरुभई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८।४० रुपैयाँ र वर्षायामको दर ४।८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्व ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादन बाट २ अर्व ४२ करोड रुपैयाँ आम्दानी हुने छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् ।

भीम प्रसाद गौतम “ब्यक्ति एक दृष्टि अनेक” कृतिको लोकार्पण गरीयो

भक्तपुर , असार ८
आवालब्रम्हचारी षडानन्द प्रतिष्ठान द्धारा प्रकाशि तथा प्राध्यापक चेतोनाथ गौतमद्धारा सम्पादीत कृति भीम प्रसादगौतमःब्यक्ति एक दृष्टि अनेक को एक भव्य तथा सभ्य समारेह बिच लोकार्पण गरीएको छ । डा. जगमान गरुड.को प्रमुख आतिथ्यमा भएको उक्त लोकार्पण समारोेहकार्यक्रममा बुद्धिवी र सर्वसाधारणहरुको बाक्लो उपस्थितिरहेको थियो । कार्यक्रममा प्राध्यापक नन्दीश अधिकारीले कृतिबारे प्रकाश पार्नुभएको थियो ।
लोकार्पण गरिएको उक्त कृतिमा जीवनी खण्ड, सस्मरण खण्ड, कविता खण्ड गरी तीन खण्ड र परिशिष्ट समावेस गरीएको छ ।परिशिष्टमा गौतमहरुको वंशावली, भीमप्रसाद गौतमको संक्षेपमा विवरण र भीमप्रसाद गौम सग सम्बन्धित चित्रहरु सावेश गरिएकोछ । प्रकाशित कृति कभर सहित ३७२ पृष्ठको छ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...