Page 4

माछापुच्छ्रे«बैंकद्धारा पशुचौपायाको जीवनरक्षाका लागि आर्थिक सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ
बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशुचौपाया र विशेषगरी नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण एवम् व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ
असार ४ गते मंगलबारका दिन आयोजितएक भव्य कार्यक्रमका बीच माछापुच्छ्रे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरेका थिए ।
यसैगरी, बैंकले बाग्लुङ्ग जिल्लास्थित जैमीनी नगरपालिकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको छ ।
असार ५ गते बुधबारका दिन बैंक सञ्चालक समिति सदस्य बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त पूर्वाधार बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

 

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको मुद्दा प्रति सर्वाेच्चले कस्तो र्निणय गला?

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा सुनुवाइका लागिआज पेसी तोकिँदै छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए ।
उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेसी पर्दै सरेको थियो । इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेसी तोकिएको हो।आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छ।
यो विवाद सर्वोच्च पुग्नुको कारण महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्र थियो । महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि उक्त बदर हुनुपर्ने माग उठेको थियो ।

सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरी देखि रूपन्देही जिल्ला अदालतमा रहेको अभियोग पत्रसम्म मगाउने आदेश गरेको छ। त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अध्ययन प्रतिवेदन पनि पेस भएको छ। यी प्रमाणहरूको आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय दिने छ ।
सर्वोच्चले रिट खारेज गरेमा गृहमन्त्री लामिछानेले तत्कालका लागि सफाइ पाउने छन् भने अन्तरिम आदेश जारी गरेमा उनको मन्त्री पद धरापमा पर्ने छ।

अब मेलम्चीको पानी काठमाण्डौ कहिले आउला ?

काठमाडौं।मेलम्चीको पानी आजबाट काठमाडौं पठाउन रोकिएको छ।यसकार्य सँगै अब मेलम्चीको पानी कहिले काठमाण्डौ आउला भनेर काठमाण्डौ बासीहरु जीज्ञासा लिन थालेका छन्।
वर्षातका कारण नदीमा धमिलो पानी बग्न थालेपछि काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ।

मेलम्चीबाट दैनिक २० करोड लिटर पानी काठमाडौं आइरहेको थियो।
काठमाडौंमा हाल अस्थायी तवरले पानी पथान्तरण गरिँदै आएको छ। २०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्र हेडवर्क्स सहित तल्लो तटीय क्षेत्रमा असर पुर्‍याएको छ।
मेलम्ची आयोजनाको बाँध क्षेत्र अझै पुरिएको अवस्थामा छ। पुरिएका एक नम्बर र १९ नम्बर गेट खोलेर अस्थायी तवरले काठमाडौं पानी ल्याइएकामा वर्षामा बन्द गरिएको हो।

देवकोटाको रिट प्रति सर्वत्र चासो

 

काठमाडौं । माओवादी केन्द्रको कारबारही विरूद्व गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन जितेर सांसद बनेका नेकपा समाजवादी पार्टीका देवकोटाले माओवादीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।
मन्त्रिसमेत नियुक्त भएका देवकोटा माओवादीको कारबाहीपछि पदमुक्त भएका थिए । देवकोटाले आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा गण्डकीका सभामुखले प्रदेशसभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन ।देवकोटाको रिट पछि सर्वोच्ले के गर्ला उनको रिटलाई लाई भनेर सर्वत्र चासो रहेको छ ।

 

अब कतार एयरवेजको उडानको टिकट काट्दा ग्राहकले अनलाईन प्रमोसनल कोड प्रयोग गर्नु पर्ने

काठमाडौं । एनएमबि बैंकले एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई छुट उपलब्ध गराउने भएको छ ।
बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार छुट प्राप्त गर्न नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोसनल कोड प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् ।

। साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउने बैंकले जनाएको छ ।

 

प्रधान ममन्त्री कार्यलयमा तीन नेता बीच छलफछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच छलफल मा बजेट, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जानकारी दिईएको छ ।
सत्तारुढ प्रमुख घटक नेकपा एमालेले बजेटको आलोचना गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले बाहिर देखाउन टिप्पणी गरेको अभिव्यक्ति केही दिन अघि दिएका थिए ।

अब कतारएयरवेजको उडानको टिकट काट्दा अनलाईन प्रोमोसनल कोड प्रयोग गर्नु पर्ने

 

काठमाडौं । एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई छुट उपलब्ध गराउने भएको छ ।
बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार छुट प्राप्त गर्न नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोसनल कोड प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् ।

एनएम बी बैकले थप्योे विमान स्थलमा एक एटीएम

काठमाडौँ ।देशै भर २०१ शाखा , १८८ एटीउम र ११ वटा एक्सटेन्सनबाट बीत्तीय सेवा प्रदान गर्दै आईरहेको सस्था एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ ।
बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तराष्ट्रिय आगमन कक्षमा दुइ वटा एटीएम सञ्चालनमा ल्याइसकेको जनाएको छ । ,

असारको दोस्रो साता एसईईको नतिजा आउने

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालयले यस वर्षको९एसईई० माध्यमिक शिक्षा परिक्षा नतिजा यही असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ ।
परिक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परिक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्य योजना अनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा निकाल्न सकिने गरी र अन्य काम पनि तीव्र गतिमा भइरहेको बताए । उनले ५२ वटा परिक्षण केन्द्रमा उत्तर पुस्तिका परिक्षण गरिएको जानकारी पनि दिए । गत वर्ष असार २४ गते एसईईको नतिजा प्रकाशित भएको भए पनि यो वर्ष १४ दिन अगाडी नै नतिजा आउने नियन्त्रक पौडेलले बताए । उनले यस वर्ष सैद्धान्तिक तर्फ ७५ अंकको परिक्षामा ३५ प्रतिशत अर्थात २७ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने जनाए ।
परिक्षा २०८० चैत्र १५ देखि सुरु भएकोमा नियमित तर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परिक्षा दिएका थिए ।

भविष्यमा प्राविधिक जनशक्तिको अभाव हुने अवस्था नजिकिदै –भोजकुमारी खड्का

नेपालमा भविष्यमा प्राविधिक जनशक्तिको अभाव हुने अवस्था नजिकिदै गएको छ । हरेक वर्ष १२ कक्षा र स्नातक तह उतीर्ण गर्ने विद्यार्थीहरु खाडी मुलुक लगायत अमेरिका, अष्ट्रेलिया, क्यानडा र बेलायतका मुलुकहरुमा जाने क्रम बढ्दो छ । पढ्ने बहानामा जाने र उतै पलायन हुने उद्देश्यका साथ अधिकांश विद्यार्थीहरु उतै जान लालायित भएको देखिन्छ । विगतदेखि अहिलेसम्म करिब एक करोडको हाराहारीमा नेपालबाट रोजगारीका लागि बाहिरिनेको संख्या पुगेको छ । त्यस संख्यामा करिब ५० लाख त विद्यार्थी नै पुगिसकेको एक तथ्यांकले देखाएको छ । यसरी बाहिरिने क्रममा नेपालबाट वार्षिक करोडौं रकमपनि सँगसँगै बाहिरिने गरेको छ । यस्तो अवस्थाको निराकरण गरी यहाँका मुलुक सञ्चालक र जिम्मेवार निकायले बेलैमा ध्यान पुर्याएनन् भने निश्चय पनि भविष्यमा प्राविधिक जनशक्तिको अभाव खड्कीने छ ।
शिक्षित, अर्धशिक्षित र सामान्य लेखपढ गर्न जान्ने व्यक्ति विदेश जानु पर्ने बाध्यताका कारण मुलुकमा केटा–केटी र बुढाबुढी मात्रै रहेको अवस्था छ । प्राविधिक जनशक्तिको अभावकै कारण मुलुकलाई प्राविधिक जनशक्तिको खाँचो पर्दा चर्को तलब र सेवा सुविधा दिएर विदेशी नागरिकलाई काम जिम्मा लगाउनुपर्ने अवस्था छ । सरकारी अस्पतालहरुमा दक्ष जनशक्ति नहुँदा लाखौं गहन रोगका बिरामीहरुले उपचार गर्न पाएका छैनन् । अस्पतालका बार्दली कुरेर त्यसै फर्किएका बिरामीहरुले उपचार नपाएकै कारण आत्महत्या समेत गरेका घटना देखा परिरहेका छन् । वर्तमान अवस्थालाई हेर्ने हो भने भविष्यमा प्राविधिक जनशक्तिको अभाव खड्किने निश्चित छ, त्यसैले बेलैमा सजग भई यस्ता समस्या भविष्यमा आउन नदिन केकस्ता उपाय गर्न सकिन्छ त्यसबारे सजगता बेलैमा देखाए भविष्यमा यस्ता समस्याबाट गुज्रन पर्ने थिएन । यस विषयमा पनि सरकारको ध्यान बेलैमा जाओस् ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...