Page 5

अध्यक्ष बस्नेतद्वारा काउन्सिल विधेयक सच्याउन सुझाव

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संविधानको प्रावधानसँंग बाझिने गरी आएको मिडिया काउन्सिल विधेयकलाई सच्याउन सुभाव दिनुभएको छ । उहाँले राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयकबारे प्रेस काउन्सिलको छलफलका क्रममा त्यस्तो सुझाव दिनु भएको हो । सविधानमा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रताको मर्म विपरीत सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भएको छ ।
सुझावका क्रममा उहाँले भन्नुभयो– ‘मिडिया काउन्सिल विधेयकको प्रस्तावनामै नभएको र पहिलाको काउन्सिल ऐनमा समेत नभएको मन्त्रालयले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृतलाई काउन्सिलको सदस्य बनाउने विषय विधेयकमा आएको छ, यसले काउन्सिललाई सरकारले आफ्नो नियन्त्रणमा ल्याउन खोजेको देखिन्छ यो बारेमा पर्याप्त छलफल हुन जरूरी छ । अध्यक्ष पद रिक्त रहेको वा निलम्बनमा रहेको अवस्थामा अध्यक्ष नियुक्ति नभएसम्मका लागी कार्यबाहक अध्यक्षका रुपमा सदस्य९मन्त्रालयले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत०ले बैठक बोलाउन र सो बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएको प्रति अध्यक्ष बस्नेतले असन्तुष्टि व्यक्त गर्नुभयो ।
सरकारले अघि सारेको मिडिया काउन्सिल प्रति केहि सांसदहरुले पनि असन्तुष्टि व्यक्त गर्नु भएको छ । मिडिया काउन्सिल बारे बोल्दै सांसद घनश्याम रिजालले कसलाई मिडिया भन्ने र कस्लाई मिडिया नभन्ने बारेमा प्रष्ट हुनु पर्नेमा जोड दिनु भएको छ । त्यसैगरी सांसद जितजंग बस्नेतले विधेयकको मस्यौदा संविधान र प्रेस स्वतन्त्रताको मर्म विपरीत आएको बताउनुभयो । त्यसैगरी सांसद डा।वेदुराम भुषालले सम्बन्धित निकाय र विज्ञको सल्लाह तथा सुझावका आधारमा मात्रै मिडिया काउन्सिल विधेयक अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा विज्ञका रुपमा उपस्थित हुनु भएका पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले विधेयक संरचनागत रुपमै त्रुटीपूर्ण रुपमा रहेको बताउनुभयो ।

सिंहदरबार सर्वसाधारणका लागि पनि खुल्ला रहने—गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबैका लागि खुल्ला भएको घोषणा गरेका छन् । आफुले कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी सिंहदरबार प्रवेशका लागि सबै नागरिकको प्रवेश सुनिश्चित गरिएको बताए । उनले सिंहदरबार प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधि मैत्री बनाउने उद्देश्यले गृहमन्त्रालयले क्यूआरकोटसहितको सिंहदरबार गेट पास प्रणाली सञ्चालनमा ल्याएको जानकारी गराए । यस सुविधाबाट अब सेवाग्राहीले घरबाटै सिंहदरबार प्रवेशका लागि पास लिन सक्ने भएका छन् । सिंदरबार प्रवेश पहुँचवालाहरुका लागि मात्र हुने, आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने जस्ता असहज प्रवृत्ति जस्ताको अन्त्य गरी आम नागरिकका लागि सिंहदरबार खुल्ला गरिएको मन्त्री लामिछानेको भनाई छ । सुरक्षित तरिकाले आम नेपालीका लागि अब सिंहदरबार खुल्ला छ भन्दै सिँधै गृहमन्त्रीलाई आफ्नो समस्या राख्न सकिने पनि बताए ।

नेशनल लाईफको पेरणादायी प्रशिक्षण सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आफ्ना कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रवर्द्धन गर्ने प्रयोजनले एक बहुआयामिक प्रशिक्षण प्रदान गरेको छ ।
यो प्रेरणादायी प्रशिक्षणबाट कर्मचारीहरूको व्यक्तिगत एवम् व्यावसायिक विकास हुने र कम्पनीको लागि समेत उपयोगी हुने अपेक्षा कम्पनीले गरेको छ । छ । असार ३ र ४ गते सञ्चालन गरिएको प्रशिक्षणबाट व्यक्ति र संस्था दुवैको व्यवसायिकतामा वृद्धि हुने र कर्मचारीहरूलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास छ ।
तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम प्रधानले गरेकी थिइन् ।

केहीबेर पछि प्रधानमन्त्रीले सांसदले सोधेको पश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । बैठककेहिबेर पछि बस्दै छ ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
यस्तै बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने जनाईएको छ ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

सिद्धार्थ बैंक द्धारा बाल अस्पताललाइ १ करोड रुपैंया सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले १ करोडसहयोग गरेको हो ।
बैंकल सो अस्पताललाई १ करोड रुपैयाँ प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।

उपेन्द्र यादवलाई जसपा नेपालको जिम्मेवारी

काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल(जसपा)को एकता महाधिवेशन अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत रुपमा चयन गर्दै सम्पन्न भएको छ । महाधिवेशनले पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकारणी मिति सदस्य चयन गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । सहमति हुनु पहिले विभिन्न पदाधिकारी, केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता भए पनि पछि सहमतिमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय कार्यकारणी सदस्य छान्ने जिम्मेवारी दिइएको हो ।

उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तित्व हुन् । यादव नेतृत्वको जसपा पटक पटक विभाजित हुँदै आएको छ । डा।बाबुराम भट्टराई, भाग्यनाथ गुप्ता, महन्थ ठाकुर, जयप्रकाश गुप्ता, अशोक राई, विजय गच्छादार, शरतसिंह भण्डारीलगायतका शीर्ष नेताहरु कुनै समयमा एउटै पार्टीमा उपेन्द्र यादवसँगै रहेका थिए । उनी बारम्बार पार्टी अध्यक्ष हुँदै आएका छन् । यस पटकको महाधिवेशनले उनको अहिलेको पार्टीमा भने उनी थप बलियो भएको देखिन्छ । त्यसो त केही दिन अघि मात्र अशोक राईले जसपा नेपाल छोडेपछि उपेन्द्र केही कमजोर बन्न पुगेको आँकलन गरिदै छ । जसपा नेपालसँग संघमा १२ सांसद रहेकोमा अशोक राईले ७ सांसद लिएर जसपा गठन गरेका छन् । सांसदको हिसाब गर्ने हो भने उपेन्द्र यादवभन्दा अशोक राई बलियो देखिएका छन् । महाधिवेशनको मुखमा वरिष्ठ नेता अशोक राईले पार्टी छोडेपछि उपेन्द्रलाई पार्टी अध्यक्ष बन्न सहज भएको देखिन्छ । अशोक बाहेक उपेन्द्रसँग टक्कर गर्ने जसपा नेपालमा कोही देखिएका थिएनन् । महाधिवेशनको मुखमा अशोक राईले पार्टी छाडे पछि महाधिवेशन हलमा उपेन्द्र यादवको कसैले पनि विरोध गरेन, पार्टीको सम्पूर्ण शक्ति उनको हातमा राखिदियो । अब उपेन्द्रले आफुले चाहे अनुसारको पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकारणी सदस्य समेत नियुक्त गर्ने छन् । बाहिर कमजोर, भित्र पार्टीमा भने उपेन्द्र यादव थप बलियो बनेका छन् । तर उनको रणनीति कस्तो हुन्छ, त्यो भविष्यले देखाउला ।

सर्वमान्य सामाजिक सञ्जालप्रति सरकार सकारात्मक

काठमाडौं । कानूनी दायरामा आएर सर्वमान्य हुनेगरी सञ्चालन हुने सामाजिक सञ्जालप्रति सरकार सकारात्मक देखिने भएको छ । सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै टिकटक बन्द गरेको छ महिनापछि प्रतिबन्ध हटाउन सरकार सकारात्मक देखिएको छ । कानून अनुसार समाजलाई मान्य हुने गरी सञ्चालनमा आए त्यस्ता सामाजिक सञ्जाल नेपालमा चलाउँदा कुनै आपती नहुने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ ।
अमर्यादित गतिविधिलाई महत्व दिने गरी सामाग्री उत्पादन र प्रशारण भएका कारण सरकारले टिकटक बन् गर्न बाध्य हुनु परेको पनि मन्त्री शर्माले स्मरण गराउनुभयो । मन्त्री शर्माले विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै त्यस्तो स्मरण गराउनु भएको हो ।
सामाजिक सञ्जाल विधेयक ल्याउने सरकारको तयारी
सरकारले टिकटक खुल्न दिने निर्णण् गरेसँगै यसलाई नियमन गर्न सामाजिक सञ्जाल विधेयक ल्याउने तयारी पनि गरेको छ । सरकारका प्रवक्त रेखा शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रिपरिषदमा पेस गरिएको जानकारी समेत गराउनु भएको छ । सो विधेयक मन्त्रिपरिषदमा छलफल पछि संसदीय समितिमा आईपुग्दा व्यापक छलफल हुने मन्त्री शर्माको भनाई छ । मन्त्री शर्माले भन्नुभयो– ‘हामीले सामाजिक सञ्जाल निर्देशिका २०८० जारी
गर्‍यौं । अहिले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा छौं ।’

शिक्षालाई देशको प्रगति र जनताको उन्नतिसँग गाँस्न सक्नुपर्दछ । -नील बहादुर आचार्य आनीबक्ष पियूषी

मानिसको लागि शिक्षा यति महत्वपूर्ण हुन आउछ कि ब्रह्माण्डको सन्तुलन, धर्तीको गुरुत्वाकर्षण, सूर्यको प्रकाश, मानिसको आँखा, तिर्खाउदा पानी, स्वासप्रश्वासको लागि अक्सिजन, प्राणीको लागि खाना, फूलको बासना, सुन्दरीको रुप जतिको हुन्छ त्यतिकै मानिसको जीवनसँग सम्बन्धित हुन्छ नै । प्रकृतिलाई जोगाइ राख्नमाथि प्रस्तुत उपमाहरु जतिको खाचो पर्दछ त्यतिकै खाँचो शिक्षाको सीपबाट उपार्जन र उत्पादन हुने उपलब्धीद्वारा देशको प्रगति र मानिसको उन्नतीको लागि पर्दछ । शैक्षिक गतिविधिद्वारा हुने उपार्जनशीलता र उत्पादनशीलता नभै देशको अर्थतन्त्र मजबुत हुँदैन, देशको अर्थतन्त्र मजबुत नभै देशको प्रगति हुन गाह्रो पर्दछ । अनि देशको प्रगति नभए मानिसको उन्नती पनि पछि पर्न सक्छ । यसर्थ मानिसको जीवनगाथा र देशको प्रगति परस्परमा नङ मासुको सम्बन्ध भए जस्तै शिक्षाको सीपमूलक व्यवसायीकरण अनि देशको प्रगति र मानिस याने कि जनताको उन्नती पनि उत्तिकै महत्वपूर्ण हुने भएकोले शिक्षालाई देशको प्रगति र जनताको उन्नतीसँग गाँस्दै अगाडी बढाउन आवश्यक भएको हो । यस्तो खालको शिक्षालाई हाम्रो मुलुक नेपालमा पनि अगाडी बढाउन सके जनमानसमा कस्तो प्रभाव पर्ला यानेकि शैक्षिक जगत कसरी परिचालन होला भन्ने कुरा तल प्रस्तुत बुँदाहरुले प्रष्ट्याउने छन् ।
— व्यवसायलाई आकर्षक बनाउने सीपमुलक पाठ्यसामाग्रीहरु तयार होलान् ।
— योगदानी भावना भएका कर्मठ र दक्ष शिक्षकहरु स्वतःस्फुर्त रुपमा इमान्दार भै सक्रिय रहनुहुनेछ ।
— मुलुकको भरपर्दो शिक्षाको लागि त्रुटिरहित व्यवस्थापन हुने
गर्ला ।
— अभिभावक महोदयहरुको सकारात्मक चासो बढ्दै
जाला ।
— उज्ज्वल भविष्यको सोच भएका विद्यार्थीहरु रमाउलान् ।
— मुलुकका जिम्मेवार व्यक्तित्व बुद्धिजीवि वर्ग पनि सक्रिय रहनु हुनेछ ।
— स्रोत र साधन सम्पन्न विद्यालयहरु व्यवस्थित होलान् ।
— देशभक्त राजनैतिक व्यक्तित्वहरुको भूमिका मजबुत होला ।
— चाँजोपाँचो मिलेको शैक्षिक नीति परिस्क्रित हुँदै जाला ।
— आआफ्नो ठाउँबाट सहयोग पु¥याउन तयार कर्मचारी वर्गले देश बनाउन सहयोग पुग्ने शैक्षिक प्रक्रियाको स्वागत गर्दै सहयोग गर्न पनि अग्रसरता देखानुहुनेछ ।
— आवश्यक सहयोग पुर्याउन पछि नपर्ने संघसंस्थाहरु वृद्धि हुँदै जालान् ।
— सिकारुले सिकेको सीपलाई व्यवहारमा उतारी उल्लेख्य उन्नती गर्न पाउने कर्मथलोहरुले देश रमाइलो होला ।
— क्षमता सम्पन्न सिपालु हातहरुलाई काम दिएर विकासको लहर फैलाउन सक्ने संघसंस्था, उद्योगपति र कर्मवीरहरु खुशी होलान् ।
— शिक्षाको लागि यथायोग्य सहयोग पुर्याउन चाहने मित्र राष्ट्रहरुको चासो बढ्दै जाला ।
— देश र जनता आत्मनिर्भर भै खुशीसाथ बाँचिएला ।
— देशको अर्थतन्त्र मजबुत हुने क्रम बढ्ला र देशलाई प्रगति तर्फ डोर्याउन सजिलो पर्ला ।
— आआफ्नो सीप जाँगर चलाएर अर्थोपार्जन गर्न अवसर मिल्ला ।
— शिक्षार्थीहरुले आफुले जानेको सीप प्रयोगमा ल्याउने क्रममा प्रविधिको विकास गर्ने मानवीय खाँचो पूरा हुँदै जाला ।
— शिक्षाको डिजाइन तयार गर्न सफल विद्वत वर्गले आत्मगौरवका साथ झन्झ्न मिहनत गर्दै देशलाई योगदान दिनुहुनेछ ।
— सीप र प्रविधिको विकास उल्ल्लेख्य रुपमा हुन सक्ने भएकोले जनताहरु बेरोजगार बस्न नपर्ने हुँदै जानेछ ।
— शिक्षालाई समय सापेक्षको आधुनिक बनाउदै लानेक्रम बढ्ला ।
— जति सिक्यो उति सिँकु सिँकु लाग्ने शिक्षा हुन सक्ने भएकोले मुलुकमा विद्वानको संख्या वृद्धि हुँदै जाला ।
— देशमा बुद्धिजीवि वर्ग, प्राविधिक हस्तिहरु अनि विद्वानहरुको संख्या बढी हुने भएको कारण मुलुकको शासन प्रणाली सहज होला ।
— शिक्षा जगतले सीप र प्रविधिको मात्र होइन पवित्र भावनाको समेत सृजना गराउँदै जाने भएकाले मुलुकमा खराब मानिसको संख्या घट्दै जाला ।

सत्ता गठबन्धनमा खटपट र असन्तुष्टि बढ्दै

काठमाडौं । समृद्ध देश बनाउन भन्दै संसदको दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्र सम्मिलित सत्तारुढ गठबन्धनमा यति बेला खटपट र असन्तुष्टि चरुम रुपमा बढ्दो छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुटेर गत फागुन २१ गते माओवादी÷एमाले नेतृत्वको वर्तमान गठबन्धनको सरकार बनेको भए पनि अहिले त्यो सरकारभित्र खटपटी र असन्तुष्टि बढ्नु मुलुकका लागि विडम्बना भएको छ । सत्ता स्वार्थकै लागि बारम्बार यस्ता विडम्बना निम्तिनु राम्रो संकेत होइन । एमाले नेतृत्वको गठबन्धनमा प्रचण्डले सरकारको नेतृत्व गर्न भएको छ । तर पनि एमाले नै असन्तुष्ट छ । जुन कामका लागि सरकारमा गएका हौं, त्यही नभए पछि कसरी सन्तुष्ट हुने भन्दै एमालेले सरकारमा जानुको औचित्य नै खोज्न थालेको छ । यो अवस्थाले वर्तमान गठबन्धनभित्र को दोषी भन्ने प्रश्न उठ्न सक्नु स्वभाविकै भएको छ । गठबन्धनमा अन्य साना दल सम्मिलित भए पनि मुख्य भूमिका नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै देखिन्छ । वर्तमान गठबन्धनमा अन्य साना दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी९नेकपा एस० र जनता समाजवादी पार्टी
९जसपा० अशोक कुमार राई नेतृत्वको जसपा आबद्ध भएका छन् । कांग्रेस नेतृत्वको गठबन्धनबाट र एमाले नेतृत्वको गठबन्धनबाट राम्रा काम हुन नसकेपछि अब जनताले कुन दलको नेतृत्व र सरकारबाट राम्रो कामको अपेक्षा गर्ने । ५ वर्षका लागि भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा करिब १८ महिना अर्थात् पौने २ वर्ष आसै आसमा बितिसकेको छ । अब त लाग्छ बाँकी सवा ३ वर्ष पनि यसरी नै बित्छ ।
हुन त वर्तमान गठबन्धन बन्दादेखि नै आबद्ध दलहरु बीच मनमुटाव नभएको होइन । त्यसमाथि पनि पछिल्ला दिनहरुमा आन्तरिक मतभेद थप बढ्न थालेको छ । यसले सत्ताबाट बाहिरिनु पर्ने अवस्था आए पनि जेनतेन सत्ता टिकिरहेकै छ । टिकेर उल्लेखनीय काम भने गर्न सकेको छैन । पछिल्ला दिनहरुमा गठबन्धन निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेताहरुबाटै गठबन्धन सरकारप्रति आक्रोशपूर्ण टिप्पणी सुरु भएको छ । विशेष गरी आबद्ध दलहरु नेकपा एमाले, रास्वपा र नेकपा एसमा सरकार प्रतिको असन्तुष्टि बढ्दो छ । सरकारको कार्यशैलीको विषयलाई लिएर प्रश्न उठ्न थालेका छन् । सरकारलाई समर्थन दिएको रास्वपा नै सरकारलाई दिएको समर्थन बारे समिक्षा गर्नुपर्ने बेला आएको भन्न थालिसकेको
छ । सत्तारुढ दलका प्रमुख घटक नेकपा एमाले अध्यक्ष ओली त झन् बजेटलाई लिएर सरकारप्रति निरन्तर असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ । आर्थिक वर्ष २०८१÷०८२को बजेट प्रति पछिल्ला दिनहरुमा ओलीले आक्रोश पोख्नु थाल्नु भएको छ । यस्तै क्रम बढ्दै जाने हो भने सरकार नै भताभुंग नहोला भन्न सकिदैन ।
सत्ता गठबन्धनकै विषयलाई लिएर सरकारका केही मन्त्री र प्रतिपक्षी दलका नेताहरुले विभिन्न टिका टिप्पणी गर्दै आएका छन् । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनको विषयमा रास्वपाभित्र समिक्षा भइरहेको बताउनु भएको छ । त्यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले सरकारमा भएर पनि नभए जस्तो व्यवहार गरेको आरोप लगाउनु भएको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बहादुर चन्द विप्लवले अर्थतन्त्र निर्माणमा सरकार अलमलमा परेको बताउनुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कुरा गर्न नसुहाउने जिकिर गर्नुभएको छ ।
त्यस्तै गरी आफै नेतृत्वको गठबन्धनको सरकारले विकासका काममा ध्यान पुर्याउन नसकेको र आफुहरु देश विकासकै लागि सरकारमा सामेल भएको वक्तव्य दिनुभएको छ । उहाँले संसद भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भन्नुभयो– ‘एमाले देशलार्य गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभए पछि सन्तोष जनाउने ठाउँ नै रहेन ।’ एक दुई जनाको मुख हेरेर सरकारमा छदैछौं भनेर नहुने तर्कसमेत गर्नुभयो । अध्यक्ष ओलीले सम्बोधनकै क्रममा एमालेले चलाइरहेको मन्त्रालयहरुको बजेटको स्थिति राम्रो नभएको र त्यस्ता विषयमा खुलेर छलफल गर्न पार्टीका सांसदहरुलाई दिर्नेशन दिनुभयो ।

शिक्षामन्त्रीद्धारा ८२५ जना शिक्षकहरुले राजनीतिक आवद्धता त्यागेको जानकारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको जानकारी दिएकी छिन ।
मन्त्रालय सम्हालेको १०० दिनको उपलब्धि मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिँदै मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाडिने जनाईन ।
मन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेका छन्।
आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको पनि जानकारी दिईन ।
शिक्षा क्षेत्रलाई राजनीति मुक्त गर्न भन्दै मन्त्री श्रेष्ठले गत वैशाख ४ गते शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने कानुन कार्यान्वयन गर्ने निर्णय गर्दै पत्राचार गरेकी थिइन्।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...