Page 3

राजनीतिक स्थिरताका लागि कांग्रेस – एमालेको समिकरण ःकार्यवाहक प्रधानमन्त्री सिंह

भक्तपुर, ९ असोज ः उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह बुधबार भक्तपुरमा सुरु भएको सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै । तस्बिरः रमेश गिरी÷रासस

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दलहरू नेपाली काँग्रेस र नेकपा एमाले लगायतको समीकरणमा सरकार बनाएको बताएका छन् ।
भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८र९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपाएमाले लगायतका दलहरूको सरकार बनेको बताएका हुन् ।
उनले गत निर्वाचनको परिणाम अनुरूपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरू समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए । उनले काँग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरीत गएर संविधानमा भएका अधिकारहरूको कटौती नगर्ने बताए ।
उनले अर्थतन्त्रको गतिशीलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरू संसदमा नलैजाने पनिबताए ।

राप्रपा उपाध्यक्ष मिश्र विवादमा

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डलाई पक्षमा ल्याउन र प्रचण्डको भ्यालु लस गर्ने किसिमको अभिव्यक्ती सार्वजनिक गरेसँगै उपाध्यक्ष मिश्र विवादमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका बारेमा आन्तरिक बहस सार्वजनिक गरेपछि मिश्र विवादमा परेका हुन् ।
प्रचण्डले भेट्मा त्यस्तो कुरा नगरेको बताएको सचिवालयलाई जानकारी गराएपछि माओवादीले राप्रपाको एजेन्डा आफ्नो पक्षमा नभएको भन्दै आपति जनाएको थियो तर पछि सचिवालयले प्रचण्डसँग माफी माग्दै रविन्द्र्र मिश्रले प्रचण्डको इतिहास कोट्याएपछि प्रचण्डको सचिवालयले पनि मिश्रले आन्तरिक कुरामा भएको कुरा सार्वजनिक स्वीकारेपछि मिश्रले गणतन्त्रको नायक प्रचण्डनै भएको कुरालाई स्वीकारेको छ । मिश्रले नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणी गरेपछि माओवादीले केन्द्रले रविन्द्र मिश्रको कुरालाई नै प्रचार गरेका छन् ।
प्रचण्ड र मिश्रबिच खुमलटारमा भेटवार्ता भएको थियो । सामाजिक सञ्जालमा भेटवार्ताबारे जानकारी दिँदै उनले राजसंस्था पुनर्स्थापना नगर्ने हो भने देश विस्फोटको अवस्थातिर जानसक्नेतर्फ प्रचण्डको ध्यानाकर्षण गराएको उल्लेख गरेका थिए । भेटमा प्रचण्डले राखेको अर्थपूर्ण धारणा भन्दै मिश्रले ७ बुँदा सार्वजनिक गरेपछि राप्रपाले माओवादी केन्द्रलाई पनि ओलोचनामा ल्याएको छ भने स्वयम आँफु र आफ्नो पार्टी पनि विवादमा परेको छ । उपाध्यक्ष मिश्रले अध्यक्ष प्रचण्डले आन्तरिक रुपमा राखेको कुरा भनेर सार्वजनिक गरे तर माओवादीकेन्द्रले राप्रपा उपाध्यक्ष मिश्रले सार्वजनिक गरेको विषयमा आपत्ति जनाएका थिए ।
रवीन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयले जनाएको थियो आपत्ति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ। अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन्।
खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्– ‘मिश्र सर, यति सस्तो अराजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि।’

एनएमबिबैंकद्वारा २० मिलियन डलरको सम्झौतामा हस्ताक्षर

काठमाडौं । एनएमबि बैंकले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासकोलागी प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग गरेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।
नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य उर्जा सगँ आवद्व ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उत्पादन भएको उर्जा कृषि तथा अन्य क्षेत्रमा दीगो रुपमा प्रयोग गर्नसहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।
त्यसैगरी, बैंकले जलविद्युत परियोजनाहरूका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र दिगोपन मूल्याङ्कनहरू कार्यान्वयन गरी जिम्मेवार बैंक बन्ने अभिप्रायका साथ अघि बढेको छ । बैंकले निकट भविष्यमा आफुले लगानी गरेका जलविद्युत परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ । जुन आयोजनाहरूले स्थानीय समुदाय र उनीहरुको वसोवासस्थलको स्तर उन्नती सुनिश्चित गर्दछ ।
यी पहलहरुले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ ।

शिखर इन्स्योरेन्सद्वारा पुलिस क्लवलाई नगद र बीमा सुविधासहित सम्मान

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका विच काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्केको हो।
च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक, अफिसियललाई गरी १६ जनालाई जनही ५० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ। साथै सम्पूर्ण खेलाडीको २ लाख बराबरको हेल्थ इन्स्योरेन्ससमेत गरिदिने शिखर इन्स्योरेन्सले जनाएको छ। च्याम्पियनसिपमा विधागत उत्कृष्ट भएवापत तीन खेलाडीलाई थप ५०–५० हजार प्रदान गरिएको थियो। उषा भण्डारी मोस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउटसाइड हिटर बनेकी थिइन्। उनले थप एक लाख पाइन्।
उत्कृष्ट मिडल ब्लकर सुमित्रा रेग्मी र उत्कृष्ट लिबेरो शान्तिकला तामाङले थप ५०–५० हजार पाएका थिए। मुख्य प्रशिक्षक रुपेश विष्ट र सहायक प्रशिक्षक सुशीला थापाले पनि ५० हजारसहित सम्मान थापे। च्याम्पियन खेलाडीलाई शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सीईओ दीपप्रकाश पाण्डेलगायतले सम्मान प्रदान गरेका थिए। सीईओ पाण्डेले यो सम्मानको सुरुआतमात्र भएको र यसले नेपाली भलिबललाई थोरै भए पनि सहयोग हुने विश्वास व्यक्त गरेका थिए।
माल्दिभ्सको मालेमा शनिबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा विजय प्राप्त गरेको पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।

गभर्नर अधिकारीद्वारा उपभोक्ता मुल्य सुचाङ्क सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य स्थिरताको विषयमा छलफल गर्दै राष्ट्र बैंक आफैले नीति निर्माण गर्छ भन्ने गुनासो आउने गरेको बताएका छन् ।
उपभोक्ता मूल्य सुचाङ्क सार्वजनिक सम्बन्धमा छलफल एवं पत्रकार सम्मेलनमा उनले केन्द्रीय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणको सर्वेलाई नै आधारशिला बनाएर ८०, ८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैंक अगाडि बढि रहेको बताए ।
उनले भने,‘राष्ट्र बैंकलाई धेरै आरोप लाग्ने गरेको छ मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति बनाउछ, आफै लक्ष्य राख्छ, आफै मुद्रा संकलन गर्छ, आफै वस्तु निर्धारण गर्छ, आफै सर्वे गर्छ भन्ने, तर अहिले त्यो सबै कार्य केन्द्रीय तथ्यांक कार्यालयले गरेको जुन सर्वे छ त्यो सर्वेलाई टेकेर काम गरिरहेका छौ । त्यही सर्वेलाई टेकेर यो आधारशिला बनाएर यो वर्ष ८०, ८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैंक अगाडि बढि रहेको छ ।’
उनले मूल्य सुचाङ्क सार्वजनिकमा कनि ढिलाई भन्ने प्रश्न धेरैले गरेको भन्दै रफ तथ्याङ्क सार्वजनिक गर्दा विश्वासनियतामाथि नै प्रश्न उठ्ने भएकाले समय लगाएर भएपनि सहि तथ्याङ्क सार्वजनिक गरेको बताएका हुन् ।
उनले भने,‘धेरै ले प्रश्न गरिहनु भएको थियो । किन एक महिना मूल्य सुचाङ्क सार्वजनिक गर्न ढिलो गर्नुभयो भनेर । एक महिना ढिलो नगरी हाम्रो तथ्याङ्क नै आउदैन् । रफ तथ्याङ्क हामीले सार्वजनिक गर्न थाल्यौं भने त त्यो फेरि विश्वासनियता हुँदैन् । त्यसले थप हाम्रो विश्वासनियतामा नै प्रश्न उठ्छ । त्यसैले अलिकति ढिलो गरेर भएपनि सहि तथ्याङ्क नै ल्याउनुपर्छ ।’
हामीले गर्न खोजेको कतिपयहरु सबै पूर्ण हुँदैन् ।अहिलेको प्रकृया एकदमै सफा छ । आत्माविश्वास कुनै पनि परिवर्तनका लागि बटुल्न निकै काम गरिराख्दा कुनै पनि पक्रियामा आत्माविश्वास बटुल्न एकदमै अप्ठ्यारो हुन्छ।

विभिन्न आयोजनाबाट उत्पादीत दुई सय ७०.३ मेगावाट जलविद्युत राष्ट्रिय ग्रिडमा जोडिदै

काठमाडौँ । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।
लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमलव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्दै निर्माण ढिला हुँदा दैनिक करोडौँ बराबरको नोक्सानी भएकाले तीव्र गतिमा निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिए ।
नुवाकोटको पैरेबेंसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०र१३२र३३ केभी ३२० एमभिए क्षमताको सवस्टेशन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हब २२०र१३२र३३ केभी३२० एमभिए क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था रहेको उनले बताए।
रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्रीबी हब २२०र१३२र३३ केभी ३२० एमभिए क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत् काठमाडौँको मातातीर्थ सवस्टेशनमा पुर्‍याइनेछ ।
चिलिमेदेखि त्रिशूली हबसम्मको २८ किलोमिटरको प्रसारण लाइनमध्ये २० किलोमिटरको डबल सर्किट लाइन ५१ वटा टावर र आठ किलोमिटरको चार सर्किट लाइन २४ वटा टावर छन् । चार सर्किट लाइन रहेको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक२१६ मेगावाटबाट उत्पादन हुने विद्युत्लाई त्रिशूली थ्री बी हबसम्म जोडी राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत् प्रवाह गरिनेछ ।
प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेसन निर्माण भए तापनि हाल त्रिशुली थ्रि वी हबको छेउमा ६०० मिटर, मैलुङबेंसी १२३५ मिटरर हाकु १४०० मिटरमा तार तान्ने काम भइरहेको छ ।
मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भए पनि प्रसारण लाइन निर्माणलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविद्युत् आयोजनाको टेस्टिङ कमिसनिङसमेत सम्पन्न गर्न निर्देशन दिए ।

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा १० प्रतिशत क्यासव्याक र रु. ५०० सम्म नगद पाईने

काठमाडौं । एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यासब्याक अधिकतम ५०० रुपैयाँसम्म नगद दिने घोषणा गरेको छ ।
चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि यो अफर घोषणा गरेको बैंकले जनाएको छ । यो अफर छठसम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

एनएमबि बैंकद्वारा गोर्बधन पलेशा सम्मानित

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।
बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँले सम्मान गरेको हो । साथै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो ।
पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका हुन् ।
पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरूप नगद हस्तान्तरण गरेको हो ।
एनएमबि बैंकले हाल देशभर आफ्ना २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

एनआईएमबीले पायो, भिसा इन्टरनेसनलद्वारा सम्मान

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड एनआईएमबी ‘एक्सिलेन्स इन न्यू पेमेन्ट फ्लज इस्युर’बाट सम्मानित भएको छ ।
भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा एनआईएमबी सम्मानित भएको हो ।
विगत ४ दशक देखि ग्राहकवर्गहरुलाई गुणस्तर सेवा दिदैं आएको एनआईएमबीले आगामी दिनहरूमा पनि ग्राहकलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।
हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।

राप्रपाको आन्दोलन दशै र तिहार पछि

काठमाडौं । मुलुकको फरक धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न दशैं तिहार लगत्तै काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । त्यसको लागि टोलटोल, गाउँगाउँ, जिल्लाजिल्लामा व्यापक तयारी भइरहेको केन्द्रीय प्रवक्ता सगुन लावतीले जानकारी दिए ।
‘राप्रपा यस पटकको आन्दोलनलाई निर्णायक बनाउने तयारीमा छ, जसका लागि देशभरबाट २० हजार युवा उतार्ने हाम्रो तयारी छ ।’ राप्रपा प्रवक्ता लावतीले भने
आन्दोलनकै तयारी स्वरुप आज मंगलबार देखि राप्रपाले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन सुरु गर्ने भएको छ । सुरुमा काठमाडौंका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइने भएको छ ।
राप्रपामा आबद्ध भुपु सैनिक र प्रहरीले प्रशिक्षण दिने भएका छन् । आगामी आन्दोलनलाई सफल र निर्णायक पार्न राप्रपाले महामन्त्री धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि व्यापक रुपमा संगठन विस्तार भइरहेको देखिएको छ भने सर्वसाधारण जनताहरु पनि वर्तमान राजनीतिक अवस्था, राजनीतिक दलबाट आजित भई राप्रपा प्रवेश गर्नेहरुको ताती पनि बढ्दै गइरहेको देखिन्छ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...