Page 7

प्राइम कमर्सियल बैंकलेगर्यो बाढी पीडितलाई रु. ३१ लाख दिने निर्णय

काठमाडौँ । प्राइम कमर्सियल बैंकले बढी पहिरो र डुबानमा परेकाहरुको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३१ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
यही असोज ११ र १२ गते देशभर भएको अविरल वर्षाका कारण व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रधानमन्त्री उद्धार कोषलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको कम्पनी सचिव राजकुमार कार्कीले बताए ।
बाढीपहिरो र डुबानका कारण ठुलो धनजनको क्षति भएकाले बैंकले हस्तान्तरण गर्ने आर्थिक सहयोगबाट थोरै भएपनि राहत वितरणमा योगदान पुग्ने बताइएको छ ।

गंगा शाक्यको कृति “अनुभवका पाईलाहरु ” को लोर्कापण

सुदामा समाचारदाता,
काठमाण्डौ, एक सफल व्यापारी गंगा शाक्यको कृति “ अनुभवका पाईलाहरु ” को लोकार्पण यही असोज १९ गते काठमाण्डौको नयाँबानेशवर स्थित प्रज्ञाकुञ्ज स्कूलमा भव्य तथा सभ्यरुपमा सम्पन्न भएको छ । उर्जा तथा जलस्रोत मन्त्री दीपक खड्काको प्रमुखआतित्थ्यमा सम्पन्नभएको उक्त र्कायक्रममा व्यापारी, बुद्धिजीवि, साहित्यकार , प्राध्यपक ,पत्राकार सलगायत सर्वसाधारणको बाक्लो उपस्थितिरहेको थियो ।
२००९ सालमा चैनपुर नगरपालिका वडा न.ं ६ खाँदवारीमा जन्मीएर र्पुख्यौली पेशा व्यापारलाइ मुख्य पेशाका रुपमा लिएर अगाडी बढ्नु भएका शाकयले समाजमा पछि परेका वक्तिलाई आर्थिक, सामाजिक, बौद्धिक,रुपमा सहयोग गर्दै कहिले चैनपुर , कहिले भोजपुर, कहिले खाँदवारी गर्दै समाजसेवामा लिप्त हुनुभइ थुप्रै संघ सस्थाहरुमा आवद्ध भई तिनीहरुको उत्थानका निम्ती सहयोग गर्दै आउनुभएका उहाँलाई माओवादी द्वन्दकालमा प्रशासनले समेत माओवादीको बास्केटमा राखेर कारवाही गर्ने भए पछि शाक्य आफ्नो पुख्र्याैली थलो चैनपुर छोडेर काठमाण्डौ आउन बाध्य हुनुभएको थियो । काठमाण्डौमै बसेर व्यापार र समाजसेवा गर्दै उहाँले आफ्नो जीवनमा भोगे देखेका कुराहरुको संगालो अनुभवका पाइलाहरु कृति सृजना गरी आपाफ्नो ७३ औं जन्मोतसवको अवसर पारेर लोकार्पण गर्नुभएको हो । आइए सम्मको औपचारीक शिक्षा हासिल गर्नुभएका शाक्यले जानी नजानी सोझो ढंगमा आफ्नो जीवनकथा लेख्नु भएको छ । कभर सहित १६४ पृष्ठको उक्त कृतिमा २१ वटा विषयलाई समावेश गर्नुभएको छ । जसमा गोरवपूर्ण पूर्खा परिवार र रमाइलो सन्दर्भ ,शिक्षा र उद्योग वाणिज्य व्यवसाय , पारिवारिक दायित्व र आफन्तका गुण स्मरण , उद्योग व्यापारको बृद्धि र विस्तार ,परम्परागत मुल्यमानयता र संस्कृति प्रति सद्भाव , छोरा छोरीको दीक्षा र विहेबारी, भोेजपुर टक्सारको सम्झना र सम्बनध, स्मृतिका तस्विरहरु लगायतका विषयहरु छन् ।उहाँले यस कृतिबाट नयाँ पुस्ताले पाठ सिकुन् र पीता पुर्खाले हाँमीलाइ यहाँसम्म कसरी ल्याएका छन् भन्ने जानकारी लिउन भन्ने चाहना राख्नु भएको छ ।

सरकार बाढीपहिरोपीडित प्रति संवेदनशील भएर काम गरिरहेको छ ः सञ्चार मन्त्री गरुङ

CPN-UML candidate Prithvi Subba Gurung poses for a photograph after winning State Assemblies seat from Lamjung (B), on Monday, February 12, 2018. Photo: Ramji Rana

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको उल्लेख गरे । पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको उनले बताए ।
“देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयोे, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,” मन्त्री गुरुङ भने ।
उनले दसैँतिहारमा यातायात सेवा सहज ढंगले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको र सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताए ।

आज चन्द्रघण्टा देवीको स्तुती , पाठ र पूजा गरिँदै

काठमाण्डौं । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घरको पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक स्तुती, पूजाआराधना गरिँदैछ ।
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गरिन्छ ।
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने विश्वास गरिन्छ ।
नवरात्रको पहिलो दिन बिहीबार दशैं घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवतलगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर जनाउँछिन ।
घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो ।
तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिएको हो ।

प्रभु महालक्ष्मी लाइफद्वारा चनिकलाल तामाङलाई सम्मान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ललितपुरमा नख्खुखोलाले बगाएका ब्यक्तिलाई बचाउन सफल चनिकलाल तामाङलाई सम्मान गरेको छ । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न काभ्रे तेमाल गाँउपालिका वडा न। ९ का ३७ वर्षीय चनिकलाल तामाङलाई कम्पनीले सम्मान गरेको हो ।
असोज १६ गते बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संचालक शंकर गौतम र प्रमुख कार्यकारी अधिकृत सीईओ सन्तोष प्रसाईले तामाङलाईसम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै सीईओ प्रसाईले रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । यस्तो पुण्य कार्य गरेका तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख बीमाङ्क रकमको बीमालेख सहित ११ हजार रुपैयाँ नगद सम्मान स्वरुप प्रदान गरेको हो ।

कार्यक्रममा उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको बताए । उनले थपे यस किसिमका सम्मानले हौसल प्रदान गर्ने र म लगायत अन्य व्यक्तिमा पनि मानवियता विकास हुने विश्वास लिएको तर्क राखे । सबैले आफ्नो क्षमता अनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने बताए ।

 

डाक्टर , अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन, दैनिक खानपानको पनि ठूलो महत्व छ ः डा. अरुण उप्रेति

काठमाण्डौ, दशैं, तिहार जस्ता चाड बाडहरुमा मानिसहरुले इच्छालागेको कुरा जतिपनि खाने अनि विरामी भएर अस्पताल धाउने प्रवृत्ति बढ्दै गएको प्रति मध्यनजर गर्दै मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व भएको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ ः “डाक्टर, अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन् उनीहरुको खानपिन सांस्कृतिक बनावट, चालचलन, शिक्षा, आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण गर्छ । अहिले नेपालमा जनस्वास्थ्यको विषय त्यति सन्तोषजनक अवस्था नभएपनि तथ्याकंले के देखाउँछ भने नसर्ने रोगहरु एकदमै बढ्दै गइरहेको छ । झण्डै ३५ प्रतिशत महिलाहरु मोटोपनको शिकार भएका छन् । त्यसमा पनि उच्च वर्गका ५३ प्रतिशत र गरिब वर्गका २० प्रतिशत महिला मोटोपनको शिकार भएको तथ्याकंले देखाउँछ । जनस्वास्थ्यको दृष्टिकोणले यो नराम्रो अवस्था हो । कुपोषण पनि बढेको छ । जसले बालबालिको शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि समस्या ल्याइरहेको छ ।”
खानपान र स्वस्थ्य जीवनशैलीलाई चाडपर्वमा मात्र होइन् । जहिले पनि ध्यान दिनुपर्छ । र त्यसलाई जिन्दगीको अंग नै बनाउनुपर्छ । चाडपर्वको बेला आफन्त र साथीभाइसँग भेट हुन्छ, धेरै समयसम्म भेट नभएकाहरुसँग पनि भेट हुन्छ । त्यो बेला खानाको बारेमा महत्वपूर्ण कुरा हुन्छ । दशैंको बेला हो, मासु खाऔं भन्ने हुन्छ । पहिला पहिला त ‘दशैं आयो खाउला पिउला’ भन्दा मासु नै भन्ने हुन्थ्यो । तर अहिलेको समयमा मासु अरु समयमा पनि खाने भएकाले त्यति चासो हुन्न र पनि दशैंको बेला छुट्टै यसको महत्व हुन्छ ।
तर एउटा के कुरा चाँही विचार गर्नुपर्छ भने चाडपर्वको बेला खानपिन त गरिन्छ तर स्वास्थ्य अवस्थालाई चाँही ध्यानमा राख्नैपर्छ । किनकी खानलाई लागि धेरै खायो त्यसपछि विरामी पर्यो भने केही मतलब नै हुँदैन् । तर त्यसको असर दिर्घकाल रुपमा पर्दै जान्छ ।
। त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ । मासु, तरकारी, दालभात विभिन्न किसिमका परिकारहरु खाइन्छ । तर यसमा आनन्द पनि जोडिएको छ । पेट भर्ने मात्रै होइन् । घर परिवारसँग, पाहुनालाई बोलाए सँगै खाँदा छुट्टै आनन्द आउँछ ।

तारा र समिट एयरले पाए काठमाडौं–रामेछाप उडान गर्नअनुमति

काठमाडौं । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति दिएको छ ।
यो रुटमा यसअघि विमान अभाव तथा काठमाडौंमा अत्याधिक उडान चाप हुने गरेकाले दुईतर्फी उडान हुने गरेको थिएन । तर अहिले यात्रुहरूको मागमा आधारित भएर प्राधिकरणले अनुमति दिएको हो ।
अब आजदेखि नै यो रुटमा पनि तारा र समिटले उडान गर्ने भएका छन् । प्राधिकरणका एयर ट्रान्सपोर्ट डिभिजनका उपनिर्देशक समेत रहेका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘काठमाडौं मन्थली उडानमा तारालाई सातामा तीनवटा र समिट एयरलाई सातामा चारवटा उडानका लागि शुक्रबार बेलुकी अनुमति जारी गरिएको छ।’
उनका अनुसार अब यो रुटमा दैनिक एउटा उडान हुने छ । बाढीपहिरोका कारण सिन्धुली खुर्कोट सडक अवरोध भएपछि प्राधिकरणले यो रुटमा साना जहाजलाई व्यवसायिक उडान खुला गरेको उनले बताए ।
यो रुटमा काठमाडौंबाट रामेछाप उडानको एकतर्फी हवाई भाडा ४ हजार र रामेछापबाट काठमाडौं उडानको ३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यो नेपाली यात्रुहरुका लागि हो । सार्क मुलुक र अन्य विदेशी पर्यटकले नेपालीको दाँजोमा महँगो टिकट खरिद गर्नुपर्छ ।

महिलाकलाकारहरुद्वारा पनास रनवे कोउद्घाटन

काठमाडौँ । अभिनेत्री गौरी मल्लले कलाकारले ड्रेस सेन्स राख्नुपर्ने बताएकी छन् । कलाकारलाई अन्य मानिसले भन्दा धेरै ड्रेस फेर्नुपर्ने भएकोले बुटिकले सजिलो गर्दिएको उनको भनाई थियो ।
शुक्रबारहरिहरभवन स्थित ललितपुरको संचयकोषको भवन अगाडि रहेको रोक्का प्लाजामा ‘पनास रनवे’ उद्घाटन गर्दै अभिनेत्री गौरीले परिरहनमा आफ्नो पनि पहिले देखिनै सौख रहँदै आएको बताइन् । ‘पनास रनवे’को उद्घाटन नायिका गौरी मल्ल, पूजा शर्मा, गायिका देविका बन्दना, नायक पुष्प खड्का, कुन्साङ बोमजम, निर्मात्री पुनम गौतमले केक काटेर गरेका थिए ।
यसअघि दरबारमार्गमा सञ्चालनमा रहेको यो रन वे कोरोनाका कारण बन्द भएको थियो । अब, भने यो रन वेलाई ललितपुरमा सञ्चालनमा ल्याइएको हो । रन वेकी संचालिक स्वेता सिरोहियाले हरेक प्रकारका पहिरनहरु ‘पनास रन वे’मा उपलब्ध भएको बताइन् ।
उनले, आफूहरूले हरेक प्रकारका ग्राहकहरूको रोजाइलाई ध्यानमा राखेर ‘पनास रनवे’को शुभारम्भ गरेको बताइन् । उनले भनिन्,‘पहिले हाम्रो रन वेमा पहिरनहरु महंगो हुन्छ भन्ने मानिसहरुमा सोच थियो । तर, यसपटक हामीले भारतको महारानी कलेक्शनसँग सहकार्य गरेका छौँ । यसैले, भारतमा जुन दरमा पहिरन पाइन्छ, यहाँ पनि सोही दरमा उपलब्ध गराएका छौँ ।’
निर्मात्री पुनम गौतमका अनुसार यी सबै पहिरनहरु भारतको मुम्बई, पुणे, दिल्लीबाट ल्याइएको बताइन् । उनका अनुसार थुप्रै डिजाइनहरुसँग सहकार्य गर्दै ‘पनास रन वे’ सञ्चालनमा आएको बताइन् ।

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई जनचेतनामुलक पुस्तिका र स्टिकर सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौं तथा सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको छ ।
चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर बैंकले हस्तान्तरण गरेको हो ।
महानगरीय प्रहरी वृत्त मालीगाँउका कार्यालय प्रमुख तथा प्रहरी बरिष्ठ नायब निरिक्षक बसन्त थापालाई बैैंकका बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । यसबाट मालीगाँउ तथा कालोपुल वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ ।
साथै आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
बैंकले देशभर १०३ शाखा कार्यालयहरुबाट करिब ८ लाख ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

प्रधानमन्त्री उद्धारकोषमा कुनसंस्थाले कति सहयोग हस्तान्तरण गरे?

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।
कोषमा कृषि विकास बैँकबाट रु एक करोड ५० लाख, नागरिक लगानी कोषबाट रु ५१ लाख, एसबिआइ बैँकबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि बिवाइडी कम्पनीबाट रु ५१ लाख रकम हस्तान्तरण भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठुलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ ।

 

 

 

 

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...