काठमाडौं । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशकद्वारा जानकारीमा आएको छ ।
महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल दासको पखेटा, कमल एक्चाई मगरको डेसान लगायतका चलचित्रहरु प्रदशर्न हुने छन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्रहरुमा द स्कुल वाल, रित्तो गाउँ, डाकिनी, निर्देश, थ्रेसहोल्ड, कन्तुर, अदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ । झण्डै ३ दर्जन राष्ट्रिय तथा ५ दर्जनबढी अन्तराष्ट्रिय चलचित्रहरु प्रदर्शन हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै मास्टर क्लास, प्यानल डिस्कसन, विभिन्न साँस्कृतिक नृत्यहरु र कला प्रदर्शनी समेत रहने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचिकर्मीहरुको उपस्थिति रहनेछ । महोत्सवमा ८ जना अन्तर्राष्ट्रिय र ८ जना राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराईनबाट चलचित्र निर्माता निर्देशक एवम।् लेखक इभा दाउद र रशियाबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रुपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बाँसकोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के। खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक बिक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् ।
मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि हरेक वर्ष अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले जानकारी दिएको छ । सम्बन्धित निकायहरु आफैले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे । यूनेस्कोको कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरमै यति ठूलो महोत्सव हुँदासमेत महानगरले बेवास्ता गरेको उनी बताउँछन् । नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्रहरु समावेश गरेर महोत्सव गर्न पाउँदा आफुलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनी बताउँछन् ।
यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, बालबालिका चलचित्र, सांस्कृतिक चलचित्र, एनिमेटेड चलचित्र, मानव अधिकार चलचित्र, डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको उनको भनाई छ । नेपालमा विधा अनुसारको विषय वस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहाले पनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकार लगायत उत्कृष्ट लघुचलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालवालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा फरकफरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तराष्ट्रिय गरी ३० चलचित्रहरुलाई पुरस्कृत गरिनेछ ।
माघ १७ देखि १९ गतेसम्म काठमाण्डौमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
“मेरा कलमका डोबहरू” नामकपुस्तक लोकार्पण
काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू’ पाठकमाझ ल्याउनुभएको हो ।
विशिष्ट कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, विशिष्ट कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास०का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताउनुभयो । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी गराउनुभयो । उहाँले यसमा समावेश भएका आलेखहरूले त्यो समयका विभिन्न विषयलाई जानकारी दिने बताउनुभयो ।
त्यस्तै, अनेसासका पूर्वअध्यक्ष लेकालीले गीतालाई आफूले वर्षौंदेखि चिनेको भन्दै उहाँले लेखकबाट आगामी दिनमा अन्य कृतिको आश गरेको बताउनुभयो । यस्तै विशिष्ट कलाकार संग्रौलाले गीतका कार्यको तारिफ गर्दै गीत लेखनसँगै समाजसेवामा पनि सक्रिय गीता बहुआयामिक व्यक्तित्व रहेको चर्चा गर्नुभयो । वरिष्ठ गीतकार वान्तुले गीता र आफ्नो जन्मस्थान भोजपुर भएको प्रंसग निकाल्दै गीत लेखनसँगै उहाँका अन्य कार्य प्रशंसनीयका साथै अनुकरणीय रहेको जिकिर गर्नुभयो ।
सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहनुभएकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो भने अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी कुशलपूर्वक सम्पादन गर्नुभएकी गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो ।
मिटरब्याज पिडक९साहुकार०लाई कारवाही कहिले ?
सम्पादकज्यू
मिटरब्याज पीडितहरुले फेरी आन्दोलन थालेका छन् । अघिल्लो साल यसै समयमा देशभरका पीडितहरु पैदलै काठमाडौं आएर १९ दिन सम्म आन्दोलन गरेपछि आयोग बनाएको थियो । सो आयोगले ३० हजारभन्दा बढी पीडितको उजुरी माथि छानबिन हुदै थियो तर यो आयोगलाई पनि विघटन९निष्क्रिय० गराएर अर्को आयोग बनाउनेमा सरकार छलफलमा लागेको बुझिएको छ । यतिबेला पीडितले न्याय पाइसक्नुपर्ने त कता हो कता विघटन गरेर पीडितलाई अलमल्याउने काममा सरकार लाग्नुले सरकार र साहुकार एउटै ड्याङका मुला रहेछन् भनेर बुझ्नुपर्ने अवस्था आएको छ ।
गत साल २०८० माघ १६ मा नेपालको सुदुरपूर्व काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डा चौकिबाट आन्दोलन सुरु गरेका मिटरब्याजी पीडितहरु चितवनमा जम्मा भई पैदलै हिडेर काठमाडौं आएका थिए । अहिले पनि आउने तयारीमा लागेका छन् । यो पटक पनि झुटा आश्वासन दिएर पीडितलाई फर्काउने होला । यसो गर्दा मिटरब्याजी पीडिकले सँधै उन्मुक्ति पाइरहने र पीडित सँधै अन्याय मै परिरहने निश्चित नै छ । अहिले साँवा ब्याज तिरी सकेका कतिपय मिटरब्याजी पीडितहरुलाई साहुकार९पीडक०ले साँवा ब्याज नतिरेको भनेर मुद्दा हालिरहेका छन् । उनीहरुले मुद्दा हालेपछि अदालतले पनि कागजातका पीडितहरुका जग्गा लिलामीको प्रक्रिया चलाई लिलामी गरीरहेको छ । यसो गर्दा पीडित झन पीडित हुँदै जाने र पीडक झन् झन मोटाउँदै जाने हुँदा म सम्बन्धित निकायलाई तपाईको पत्रिकामार्फत पीडकलाई कारवाही गरेर पीडितलाई न्याय दिने काम छिटो होस् भन्ने आग्रह गर्न चाहान्छु ।
छविलाल यादव
सप्तरी, हालः कुलेश्वर, काठमाडौं ।
एयरपोर्टमा मनपरि बढेकोे ट्याक्सी भाडा नियन्त्रण होस्
रुषा थापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सबैभन्दा पुरानो विमानस्थल हो । सरकारले अन्य विमानस्थल सञ्चालनमा ल्याएपनि त्रिभुवन विमानस्थलमा यात्रुको चहलपहल घट्न सकेको छैन । विभिन्न देशबाट नेपाल घुम्न विदेशी पर्यटकदेखि वैदेशिक रोजगारीबाट फर्किएका वा विभिन्न काम, घुमफिरको निम्ति विदेश गएका नेपाली नागरिकहरु स्वदेश फर्किदा शुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै ओर्लिन्छन् ।
त्यस्तै, मुलुककै एकबाट अर्को भूभागमा विमानमार्फत आउजाउ गर्नेहरु पनि विमानस्थल पुग्छन् वा ओर्लिन्छन् । त्रिभुवन विमानस्थलमा दैनिक लाखौं सर्वसाधारणको चहलपहल हुने गर्दछ । कोही विदेश जान लागेका हुन्छन् भने कोही विदेशबाट आउन लागेका आफ्ना आफन्त कुरेर बसिरहेका हुन्छन् । परदेशबाट स्वदेश फर्किएका उनीहरुआफ्नो मातृभूमि टेक्दा खुशीले गदगद हुन्छन् ।
तर, स्वदेश टेक्नासाथ उनीहरुको दुःख, हैरानी शुरु हुन्छ । उनीहरु ठगीमा पर्छन् । नेपाल घुम्न आएका विदेशी पर्यटक होस् या विदेशबाट फर्किएका स्वदेशी नागरिकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्नासाथ ट्याक्सी खोज्न थाल्छन् । हातमा सुटकेश अनि भारी ब्याग हुने हुँदा बसमा जाने अवस्था नभएपछि विमानस्थलमै ट्याक्सी खोज्न थालिन्छ । यो नेपाल घुम्न आउने विदेशी पर्यटक वा स्वदेशी नागरिकहरुको यथार्थ हो ।
विमानस्थलमा थुप्रै ट्याक्सी भेटिन्छन् । यद्यपि, ट्याक्सी चालकहरु मागेजति भाडा नदिएमा लैजान
मान्दैनन् । विमानस्थलमा सीमित ट्याक्सी मात्र छ । जसको फाइदा ती ट्याक्सी व्यवसायीहरुले मज्जाले उठाइरहेका छन् । त्यो त एयरपोर्टमा चल्ने सबै ट्याक्सी थोत्र्रा, पुराना भइसकेका छन् । कुनै ट्याक्सीको सिट च्यापिएको छ भने कोही ट्याक्सी फोहोर, दुर्गन्धले बसिटिक्नु हुँदैन । फेरि यस्ता ट्याक्सीमा महँगो भाडा तिरेर स्वदेशी तथा विदशी पर्यटक यात्रा गर्न बाध्य भइरहेका छन् ।
एयरपोर्टमा ट्याक्सीको संख्या सीमित अनि थोरै छ । केही सीमित ट्याक्सी व्यवसायीहरुको त्यहाँ दशकदेखि रजगज चलिआएको छ । यद्यपि, सरकार पनि सिण्डिकेट तोड्न ध्यान दिँदैन । अहिले एयरपोर्टमा सञ्चालनमा रहेका ट्याक्सी कबाडको अवस्थामा पुगिसकेका छन् । अन्य विदेशी मुलुकमा सर्वसाधारणका निम्ति समेत लक्जरी यात्रा चलिरहँदा हाम्रोमा भने पर्यटक समेत थोत्र्रा, पुराना ट्याक्सीमा महँगो भाडा तिरेर चढ्नु परिरहेको छ ।
अनि विमानस्थलमा सञ्चालनमा रहेका यस्ता कबाड ट्याक्सीले विदेशी पर्यटकहरुमा कस्तो प्रभाव पर्ला रु पक्कै पनि यसले समग्र मुलुककै अन्तर्राष्ट्रिय रुपमा बेइज्जत हुने
देखिन्छ । पर्यटक बोक्ने भन्दै २०२९ सालमा संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालय मातहत हरियो प्लेटको दुई सय सात ट्याक्सी दर्ता भयो । ०७० सालमा त्यो ट्याक्सी विस्थापना भयो र त्यसैको नम्बर प्लेटमा नयाँ ट्याक्सी दर्ता गरियो । जसले न ट्याक्सीको संख्या बढ्यो न सिण्डिकेट नै तोड्यो । एयरपोर्टमा ०२९ सालदेखि ट्याक्सीमा सिण्डिकेट छ । त्यतिबेला दुई सय सात ट्याक्सी सञ्चालन अनुमति दिइएकोमा अहिले पनि त्यति नै छ ।
जबकी यसबीचमा सरकारले दर्जन बढी देशसँग श्रम सम्झौता गरिसकेको छ । एयरपोर्टमा दिनानु दिन भीड बढ्दै गएको छ । दैनिक लाखौं बढी सर्वसाधारणको चहलपहल हुने एयरपोर्टमा ट्याक्सीको संख्या भने जम्मा दुई सय हुनु आफैंमा लज्जास्पद छ । यसले अन्तर्राष्ट्रियस्तरमा नेपालप्रति कस्तो सन्देश गइरहेको होला रु यसबारे सरकार गम्भीर हुन आवश्यक छ । अहिले एयरपोर्टमा सञ्चालित हरियो प्लेटको ट्याक्सीमा मीटर छैन ।
सरकारले ट्याक्सीको भाडा चढ्नेबित्तिकै ५० रुपैयाँ र प्रत्येक किलोमिटर ५० रुपैयाँ तोकेको छ । मीटरजडित ट्याक्सीले राति मात्र डेरी हान्न पाउँछ । तर, एयरपोर्टमा सञ्चालित ट्याक्सीले दिउँसै डेरी हान्न पाउँछन् । अहिले एयरपोर्टमा चलिरहेका ट्याक्सीहरुले ठमेलसम्म गएको पाँच हजार रुपैयाँसम्म भाडा असुल्ने गरेका छन् । स्वदेशी तथा विदेशी नागरिकहरु यत्रो महँगो भाडा तिरेर ट्याक्सी चढ्न बाध्य छन् ।
किनकि एयरपोर्टमा हतपत ट्याक्सी पाइदैँन । ट्याक्सी पाएपनि चालकसँग भाडाको विषयमा मोलमोलाई गर्नुपर्छ । अनि बोल्न नसक्ने यात्रुहरु त नराम्ररी ठगिने गर्छन् । अहिले विशेष गरी ट्याक्सीबाट ठगिनेबाट विदेशी पर्यटक छन् । ट्याक्सी व्यवसायीले मागेजति भाडा उनीहरु दिन्छन् । एकातिर अन्जान देश अर्कोतिर भाषाको समस्या हुँदा ट्याक्सी व्यवसायी जति भन्छन्, त्यति नै तिरेर विदेशी पर्यटकहरु यात्रा गर्छन् । फेरि ट्याक्सीको अवस्था भने बसिसक्नु हुन्न ।
एयरपोर्टका ट्याक्सीहरुले यात्रुलाई त ठग्छन् नै सँगै होटल, रेस्टुरेन्ट व्यवसायीसँग कमिशन खाएर यात्रुलाई महँगो होटल पुर्याउँछन् । त्यहाँ केही दिन बस्दै उनीहरुको लाखौं रकम खर्चिने गर्छ । कुनै पनि देशमा विदेशी पर्यटक आउँदा वा जाँदा उनीहरुले सर्वप्रथम विमानस्थल हेर्छन् । त्यसपछि सेवासुविधा । अन्य मुलुकमा विमान स्थलमा ट्याक्सीहरु जति पनि पाइन्छ, त्यो पनि लक्जरी अनि सस्तो भाडामा । विदेशी देशहरुमा ट्याक्सीको भाडा हाम्रो बस भाडाभन्दा सस्तो छ ।
हामी कहाँ भने एक चोटी ट्याक्सी चढ्दा एक महिनाको खर्च सकिन्छ । अहिले विदेशबाट आएका स्वदेशी तथा विदेशी पर्यटकहरु विमानस्थल ओलर्नासाथ ठगीको सिकारमा
पर्छन् । अनि एयरपोर्टबाटै ठगीमा परेपछि अन्य क्षेत्रमा पनि ठगिनु स्वभाविकै भइहाल्यो । एयरपोर्टमा त सर्वसाधारण, विदेशी पर्यटक ट्याक्सीबाट ठगिन्छन् नै सँगै बाहिर पनि यस्तै अवस्था छ । ट्याक्सी काठमाडौं उपत्यकामा मात्र सञ्चालनमा छ । त्यो पनि विशेष गरी राजधानीमा । इन्द्रचोक, ठमेल, न्यूरोडलगायत काठमाडौंका व्यापारिक क्षेत्रबाहेक अन्य ठाउँमा ट्याक्सी पाउन मुस्किल पर्ने गर्छ । ट्याक्सी चालकहरु यात्रुसँग मनलाग्दी भाडा असुल्छन् । मीटरमा हिड्दैँनन् । न त यात्रुले भनेको ठाउँमै जान मान्छन् । उपत्यकामा करोडौंको हाराहारीमा जनसंख्या छ । यद्यपि, ट्याक्सीको संख्या भने सीमित छ ।
उपत्यकाबासीहरुले बिरामी वा हतार हुँदा ट्याक्सी पाउँदैनन् । ०५७ जेठ १७ गते कालो प्लेटको ट्याक्सीको दर्ता बन्द भएको हो । त्यतिखेर साढे सात हजार ट्याक्सी दर्ता भएका
थिए । त्यसमध्ये पाँच हजार ६५० पेट्रोल र १८५० डिजेलबाट चल्ने दर्ता भएको थियो । डिजेलबाट चल्ने ट्याक्सी एक–डेढ वर्ष मात्र चल्यो र विस्थापना भयो । ०५७ सालपछि उपत्यकामा जनसंख्या ह्वात्तै बढेको छ । सो बेला लाखको हाराहारीमा रहेको जनसंख्या अहिले करोडमाथि पुगिसक्यो ।
तर, ट्याक्सीको संख्या भने घटेको पाइन्छ । ०७२ जेठ २८ गते सरकारले १८ सय ५० ट्याक्सीको दर्ता
खोल्यो । यातायात व्यवस्था विभागले ती ट्याम्क्सी किन्न इच्छुकलाई साउन २० गतेदेखि भदौ २ गतेसम्म आवेदन दिन १५ दिने सूचना निकाल्यो । राजस्व शुल्क एक हजार दश रुपैयाँ तोकिएको थियो । ती ट्याक्सी किन्न १५ हजार ७५१ जनाले आवेदन बुझाए । पछि १८५० जनाले गोलाप्रथाले ट्याक्सी पाए भने बाँकी रितो रहे ।
०७२ वैशाख १२ गते महाभूकम्प गयो र १४ जिल्लामा क्षति पुग्यो । ०७२ चैत २१ गते सरकारले भूकम्पपीडितलाई १५ सय ट्याक्सी दिने निर्णय गर्यो । ०७३ साउन ५ गतेदेखि भदौ ५ गतेसम्म ट्याक्सी किन्न इच्छुक भूकम्पपीडितहरुलाई फाराम बुझाउन आह्वान गरियो । फाराम बुझाउँदा एक सय दश रुपैयाँ राजस्व बुझाउनुपथ्र्यो भने भुकम्पपीडित भएको रातो कार्ड चाहिन्थ्यो । एक महिनामा एक लाख ४९ हजार ५५८ जनाले फाराम बुझाए । १५ सयले गोलाप्रथाले ट्याक्सी पाए भने बाँकीले पाएनन् ।
मुलुकमा ट्याक्सी किनेर व्यवसायी गर्न चाहने यत्रो नागरिक छन् भनेर यी घटनाक्रमले स्पष्ट देखाउँछ । यद्यपि, सरकार नयाँ ट्याक्सीको दर्ता
खोल्दैन । किनकि ठग ट्याक्सी व्यवसायीसामु सरकार निरिह बनेको छ । व्यवसायीहरु न आफु सस्तोमा सेवा दिन्छन् न सरकारलाई नयाँ ट्याक्सीको दर्ता नै खोल्न दिन्छन् । अहिले पनि २० वर्ष पुगेका ट्याक्सीको स्काइभ गरेको नम्बरप्लेट लाखौंमा खरिदबिक्री भइरहेको छ । नयाँ विद्युतीय गाडी किनेर त्यो नम्बरप्लेटमा दर्ता गरेर चलाइरहेको छ । जसले नयाँ ट्याक्सी देखिएपनि त्यो पुरानै हो ।
ट्याक्सीको दर्ता उपत्यकामा मात्र होइन, देशभर बन्द छ । त्यसैले, अब सरकारले नयाँ ट्याक्सी, फोस्टक ट्याम्पो, ढुवानी गाडीको नयाँ दर्ता खोलेर यो क्षेत्रमा भएको सिण्डिकेट तोड्नैपर्छ । स्वदेशी तथा विदेशी नागरिकहरुले मुलुकमा सस्तोमा ट्याक्सी चढ्न पाउनुपर्छ ।
वामदेव एमाले र एस दुवैमा किन अटाएनन ?
काठमाडौं । कुनै बेला नेकपा एमालेभित्र नेता वामदेव गौतम शक्तिशाली रुपमा चिनिन्थ्यो । तर यतिबेला उनलाई कुन पार्टीमा जाउ भन्ने सकस पैदा भएको छ । केही साताअघि एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष भएर प्रवेश गर्ने तयारी गरेका गौतमलाई त्यहाँ पनि कुरा मिलेन । अहिले फेरि नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेको गौतमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उचित स्थान नदिने देखिएको छ । गौतम एमालेमा पनि प्रवेश गर्ने बाटो बन्द हुँदै गएको देखिन्छ । एमालेको केही दिन अघि बसेको बैठकमा गौतमको एमाले वर्हिगमन बारे चर्चा भए पनि उनलाई कुन स्थान दिने, कसरी व्यवस्थापन गर्ने भन्ने कुनै निर्णय भएन । त्यसैले गौतम कतै अटाएनन् । कुनै बेलाका हस्ती गौतम राजनीतिक आरोह अवरोहको क्रममा एक्लो बस्न बाध्य भएको देखिन्छ । उनले अभियान चलाए पनि उनको अभियान नचलेर उनी कि केपी ओली वा माधव नेपालसँग मिलेर राजनीतिक गर्नुपर्ने अवस्था आएको हो । नेकपा एकीकृत समाजवादीमा गौतम प्रवेश गर्ने करिब करिब कुरा मिलेको थियो तर उनले न माधव नेपाललाई चित्त बुझाए, न झलनाथलाई ।
त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि गौतमलाई अहिले वरिष्ठ पद दिए आगामी दिनमा गौतम आफुभन्दा ठूलो हुने हो कि भन्ने पिर परेको देखिन्छ । त्यसैले गौतम जस्तो वरिष्ठ नेतालाई एमालेमा ओलीले कुनै पदन दिँदा कुनै फरक पर्ने थिएन ।
सहिदको सम्मान मूर्ति र फोटो पूजाले हुँदैन
भोली माघ १६ अर्थात सहिद दिवस । यस दिन सहिदको मूर्ति र फोटाहरुमा फूलमाला र अविरले पूजा गरी सहिदको सम्मान गरिदैछ । जहानिया राणाशासनको विरोधमा लाग्दा गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री र दशरथचन्दलगायतको मृत्यु राणाहरुले गराएका थिए । त्यसैबेलादेखि सहिदको सम्झनामा हरेक वर्षको माघ १६ गते सहिदको सम्मान गरिदै आएको छ । तर यसरी पूजा गरेर सहिदहरुको आत्माले शान्ति पाउँदैन । सहिदको साँच्चै सम्मान गर्ने हो भने उनीहरुको अधुरो सपना साकार पार्नुपर्छ । यसका लागि उनीहरुले हिडेको मार्ग पहिल्याउँदै हिड्ने र त्यो मार्ग हिड्नुको उद्देश्यलाई आत्मसात गर्दे उद्देश्य पुरा गर्नेतर्फ लाग्नुलाई चाहि सहिदको सहि सम्मान भएको मानिन्छ । तर अहिलेसम्म त्यसो गरेको पाइदैन । सहिदको सम्मान अविर र मालामै सिमित छ ।
पछिल्लो समय पञ्चायती शासनको विरुद्धमा लाग्ने र व्यवस्था परिवर्तन गर्ने योद्धाहरुलाई पनि सहिद घोषणा त गरियो । तर सम्मान भने अघिल्ला सहिदहरुलाई जति पनि छैन । एकातिर सहिदको वान्छनीय सम्मान भएको छैन भने अर्कातिर सहिद हुन लायक नभएकालाई पनि हुलमुलमा सहिद घोषणा गरिदा वास्तविक सहिदको अपमान भइरहेको छ । यसले गर्दा आम सर्वसाधारणलार्य सहिदको परिभाषा बुझ्न गाह्रो भएको महसुस गर्न सकिन्छ । २०३६ सालदेखि २०४६ साल हुँदै २०६२÷०६३ को आन्दोलन सफल हुँदा हजारौंको काखा रित्तो भएको छ । हजारौंको सिदुर पुछिएको छ तर उनीहरुको आत्माले शान्ति पाएको छैन । अझ भन्नुपर्दा सहिद हुनेका परिवारलाई नै थाहा छैन आफ्नो सन्तान सहिद भएको । आन्दोलनका क्रममा राज्यका तर्फबाट र आन्दोलनकारी तर्फबाट मारिएका हजारौंको पहिचान गरी सहिद घोषणा र सम्मान गर्नु त परकै कुरा उनीहरुको अवस्था नै अज्ञात छ ।
२०६२÷०६३ को आन्दोलन समाप्त भए पश्चात प्राय सबै ठूलासाना राजनीतिक दलहरुले सरकारको नेतृत्व गरिसके तर कसैले पनि आजसम्म बेपत्ताको अवस्था सार्वजनिक गर्न सकेको छैन । जो विडम्बनापूर्ण छ । हत्यारा पत्ता लागेर पनि राजनीतिक आडमा कारवाही गर्न सकिएको छैन । त्यसैले अब मूर्ति पूजा होइन, सहिदको बाटो हिडौं । अधुरो सपनालाई पुरा गरौं । यसैमा छ सहिदको सम्मान ।
यो सरकार पूर्व सहमति अनुसार नै चल्छ ः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार पूर्व सहमति अनुसार नै भएको हँदा सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको दाबी गरेका छन् ।
पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् ।
उनले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा एमाले र नेपाली कांग्रेस सहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमति बमोजिम अघि बढ्ने दाबी गरे ।
प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने जनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग विषादी परिक्षणमा सक्रिय
काठमाडौं । उपत्यका बाहिरबाट काठमाडौं भित्रिने तरकारी खाँदा मानव स्वास्थ्यमा बाधा पर्न थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका तरकारीमा विषादी परिक्षण गरी रहेको छ । विभागले प्रयोशाला सहितको मोबाइल ल्याब भ्यान कालीमाटी बजार परिसरमै लगेर रातारात भित्रिने तरकारीमा विषादी परिक्षण गरिरहेको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिनुभयो ।
खाद्यको टोलीले २२ प्रकारका तरकारी र फलफूलका १५ वटा नमूना परिक्षण गरेको जनाएको छ । तरकारी तथा फलफूलमा ‘इन्जाइम इन्हिविसन’ विषादीको मात्रा ३५ प्रतिशतसम्म प्रयोग भएको पाइए मापदण्ड भित्रै रहेको मानिने र सोभन्दा माथि ४५ प्रतिशत सो विषादी पाइए केही दिन भण्डारण गरेर मात्र प्रयोग गर्न पाइने व्यवस्था विभागले मिलाएको छ ।
विभागले अघिल्लो मंगलबार उपत्यका भित्रिएका तरकारी परिक्षण गर्दा चितवनबाट ल्याइएका एक सय १४ किलो हरियो सिमिमा ४२ प्रतिशत सो विषादी भेटिएकाले ३ दिनसम्म क्वारेन्टाइनमा राख्न निर्देशन दिएको महानिर्देशक सञ्जीव कर्णले जानकारी दिनुभयो । विभागले समय समयमा तरकारीको विषादी प्रयोग गर्ने गरेको र अन्य खाद्य वस्तुको पनि गुण सक्रिय रुपमा गरिरहेको महानिर्देशकको भनाइ छ ।
सरकारबारे कांग्रेसमा फरक–फरक धार
काठमाडौं । वर्तमान गठबन्धन सरकार गठन भएको ६ महिना पुग्नै लाग्दा सरकारमा सहभागी कांग्रेस भित्र सरकार बारे दुई धार देखिएको छ । विशेष गरी कांग्रेस भित्र संस्थापन पक्ष बचाउमा लागे पनि संस्थापन इतरमा सरकारप्रति तीव्र असन्तुष्टी देखिएको छ । सरकारले सदन छलेर ल्याएको अध्यादेश मात्र होइन, आफै सहभागी भएको सरकारको कार्यशैलीप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको हो । सभापति शेरबहादुर देउवा निकट नेताहरु सरकारको बचाउमा उत्रिदा इतर समूह भने विपक्षमा उभिएको छ । कांग्रेस भित्र अध्यादेश प्रकरणले थप असन्तुष्टि बढाएको हो ।
कांग्रेसका एक नेताले भने– ‘देउवालाई फेरि प्रधानमन्त्री बनौला भन्ने लोभ छ, त्यसैले सरकारले जस्तो काम गरे पनि देउवा बचाउमा छन् ।’
नेपाली कांग्रेसका संस्थापन इतरका नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारले बद्नियत राखेर अध्यादेश ल्याएको आरोप लगाएका छन् । सरकारले ल्याएको अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थापन गर्ने व्यवस्था गरेको टिप्पणी गर्दे नेता केसीले भने– ‘सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिएको छ, तर त्यसको अर्थ जनप्रतिनिधिको संस्था संसदलाई पन्छ्याउन ठीक होइन । राष्ट्रिय महत्वको कुरामा अध्यादेश ल्याउने हो तर सामान्य इस्युमा पनि अध्यादेश ल्याउने ठीक होइन । सरकार मात्रै होइन सरकारले प्रत्यायोजित गरेको विशिष्ट श्रेणीको कर्मचारीले प्रयोग गरेको पनि नीतिगत निर्णय हुने र अख्तियारबाट वञ्चित हुने भनी नीगित भ्रष्टाचारलाई संस्थागत गर्नका लागि अध्यादेश ल्याइएको छ ।’
सत्तारुढ दल नेपाली कांग्रेसका शक्तिशाली नेता शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको टिप्पणी गरेका छन् । केही दिन अघि कोइराला निवासमा पत्रकारसँग कुरा गर्दै डा। कोइरालाले भने– ‘अध्यादेश के हो के संविधानमा जुन प्रावधान छ, त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनुपर्ने हो । कांग्रेस–एमालेको बहुमत छ । बहुमतले पास गर्ने हो नि, ऐन बनाउन दुई तिहाई त चाहिदैन ।’ उनले थपे– ‘अध्यादेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप हो भन्ने चिन्ता लाग्छ । छ महिनाको यो अवधिमा धेरै काम भएन । जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’ संविधान संशोधन ०८७ पछि हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले भने– ‘दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्छ ।’
यसरी हेर्दा कांग्रेसको शेखर समूह कुनै पनि बेला सरकारविरुद्ध उत्रने संकेत मिलेको छ । तर केही समय भने पर्खनै पर्ने देखिएको छ ।
राप्रपा महामन्त्री राणाद्वारा आन्दोलनमा जोड
काठमाडौं । देशको फरक धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपामा पार्टीलाई आन्दोलन केन्द्रीत गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । राप्रपाको केही दिन अघि बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीलाई आन्दोलित पार्नुपर्नेमा जोड दिएका छन् । राप्रपा बैठकमा महामन्त्री धवल शमशेर राणाले राजनीतिक प्रतिवेदन पेश गर्दै आगामी फागुनभित्र काठमाडौं केन्द्रति आन्दोलत गर्नुपर्ने बताए ।
उनको प्रतिवेदनमा समान धारणा भएका दल तथा शक्तिसँग सहकार्य गर्दै पार्टी अघि बढ्नुपर्ने उल्लेख छ ।
मुलुकको सम्पूर्ण समस्याको समाधान राजसंस्था मात्र भएकाले पार्टी त्यसतर्फ सक्रिय भएर लाग्नुपर्ने महामन्त्री राणाले बताए । साथै महामन्त्री राणाले राप्रपाका सबै तहका नेताहरु पार्टी विधान अनुसार चल्नुपर्नेमा जोड दिए ।
महामन्त्री राणाको प्रतिवेदनप्रति अधिकांश केन्द्रीय सदस्यहरु सहमत रहेको बुझिएको छ ।