Page 13

गुट्रेशको निमन्त्रणा प्रति प्रधान मन्त्री सकारात्मक

काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् ।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरे।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोमा आभार व्यक्त गरे । उनले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको पनि बताए।
जलवायु परिवर्तन लगायतका समकालीन चुनौतीका साथै दीगो विकास लक्ष्य प्राप्ति लगायतका विषयमा छलफल गर्नका लागि संयुक्त राष्ट्रसङ्घको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो ।

गण्डकी प्रदेशमा कांग्रेसका पाण्डे मुख्यमन्त्री

काठमाडौं । यतिबेला गण्डकी प्रदेश सरकार गठन चर्चामा छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । सर्वोच्च अदालतको आदेश बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार संविधानको धारा १६८९३० बमोजिम प्रदेश सभाको पहिलो ठूलो दलको नेताको हैसियतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । तत्कालिन मुख्यमन्त्री नेकपा एमालेका नेता खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको घोषणा असंवैधानिक भएको भन्दै अदालत पुग्नु भएका पाण्डे दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । स्मरण रहोस्, २०८० वैशाख १४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त हुनु भएका पाण्डेले केन्द्रीय गठबन्धन फेरबदल हुँदा अल्पमतमा परेपछि गएको गत फागुन १ मा राजिनामा दिएका थिए । त्यसपछि गण्डकी प्रदेशम ाफेरि राजनीतिक अस्थिरता बन्न पुगेको थियो । त्यसो त वर्तमान सत्ता गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले संविधान बमोजिम प्रदेश सभामा बहुमत पुर्याउन नसकेपछि प्रदेश सभामा उपस्थितिको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए । तर त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनील कुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवंधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र नियुक्त गर्न आदेश दिएको थियो ।
संविधानको व्यवस्था बमोजिम अब मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ । ६० सदस्यीय प्रदेश सभाको अंक गणित हेर्दा पाण्डेले आफ्नो पक्षमा बहुमत पुर्याउन सहज भने छैन । पाण्डेलाई बहुमत पुर्याउन कांग्रेस पनि सक्रिय भएर लागि रहेको छ । गण्डकी प्रदेश सभामा कांग्रेसका २६, नेकपा एमालेका २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र अन्य एक जना स्वतन्त्र रहेका छन् । सर्वोच्च अदालतले अधिकारीको नियुक्ति बदल गर्नुले गण्डकी संसदको बहुमत ३० नै हो भन्ने स्पष्ट भएको छ । यसअघि सभामुखलाई समेत गणना गरेर खगराज अधिकारी मुख्यमन्त्री बन्न सफल भएका थिए । असार १६ गते मुख्यमन्त्री बनेका पाण्डेले अब असार १६ सम्म विश्वासको मत लिनुपर्ने छ । पाण्डेको पक्षमा विश्वास लिन कांग्रेसको २६, राप्रपालाई दुई, माओवादी चुनाव चिन्हबाट जितेका नेसपा नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजिव गुरुङको समर्थन जुटाउने विकल्प छ । राप्रपाले यस अघि नै कांग्रेसको सरकार बन्ने अवस्थामा सहयोग गर्ने निर्णय गरिसकेको बुझिएको छ । यसरी हेर्दा गण्डकी प्रदेशमा सत्ता गठबन्धन वा विपक्षी गठबन्धन जसको पनि बहुमत पुग्ने अवस्था छ तर कठिन देखिन्छ ।

गणतन्त्र सर्वानुभूति गर्न सक्ने हुनुपर्छ

मुलुकमा गणतन्त्र आएको १७ वर्ष लागेको छ । गत हप्ता अर्थात जेठ १५ गते गणतन्त्र १७औं वर्ष प्रवेशको अवसरमा मुलुकभर सार्वजनिक बिदा दिँदै विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो तर गणतन्त्र दिवस कर्मकाण्डी जस्तो मात्रै हुँदै आएको छ । गणतन्त्र भनेको सबैले अनुभूति गर्न सकिने खालको हुनुपर्नेमा त्यस्तो भएको देखिएको छैन । गणतन्त्र केवल राजनीतिक दल र तिनका नेता कार्यकर्ता र उनका आसेपासेलाई मात्र आएको देखिन्छ । आम जनताको त्याग, तपस्या र बलिदानीले गणतन्त्र आएको भए पनि यो सर्वानुभूति गर्न नसक्ने हुनु विडम्बनापूर्ण छ ।
गणतन्त्रको रसस्वादन सबैले गर्न नपाउँदा जनतामा चरम निराशा बढेर जानु स्वभाविकै हो । जुन लक्ष्य र उद्देश्य लिएर गणतन्त्र घोषणा गरिएको थियो सोही अनुसारको परिणाम आउन सकेन । गणतन्त्र घोषणा भएका बेला जनता जति आशावादी र उत्साहित थिए अहिले त्यतिनै रुपमा निराशावादी र हतोत्साही देखिन थालेका छन् । के यही हो त गणतन्त्रको वास्तविक मर्म रु सरकारले जेठ ५ गते देशैभर सार्वजनिक बिदा दिएर हर्षोल्लासपूर्वक दीप प्रज्वलन गर्दा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई बेलुका चुलो बाल्न मुस्किल पर्ने अवस्था छ । अनि केको गणतन्त्रको उल्लास गर्नु रु तेल र मइनबत्तीको दीप प्रज्वलनले मात्र शहिदको सम्मान र आत्माले शान्ति पाउँदैन । गणतन्त्रको वास्तविक मर्म चरितार्थ गर्ने गराउने हो भने गणतन्त्र प्रति आशा र आस्था पैदा हुने मन रुपी दीप प्रज्वलन गर्न सक्नुपर्दछ । तब मात्र गणतन्त्र सर्वानुभूति गर्न सक्ने खालको बन्न सक्छ ।
अहिले जुन राजनीतिक दलले गणतन्त्र ल्याए तिनै दल अग्नि परिक्षामा छन् । परिवर्तनकारी शक्तिहरु विभाजित र विवादित हुँदा गणतन्त्र कमजोर हुने र केही तत्वहरुले गणतन्त्र हटाउने तरखरमा लागेको देखिन्छ । यसप्रति परिर्वतनकारी राजनीतिक दलहरु होसियारी रहन सक्नु पर्दछ । राजतन्त्र फालेर ल्याइएको गणतन्त्रले सर्वानुभूति गर्न सक्ने परिवर्तन ल्याउन सक्नुपर्छ । देशका आम नागरिकले गणतन्त्र आएको महसुस गर्न सक्नुपर्ने थियो तर महसुस गर्न सकिरहेको छैन । गणतन्त्र आए पछि केही राम्रा काम नआएका त होइनन् तर जनताले आशा गरे जति काम भने हुन सकेनन् । रोजगारी, आत्मनिर्भरता र देश विकासका काममा मुलुकले गति लिन नसकेकै हो । यसप्रति कुनै शंका
छैन ।
लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को भावना अनुरुप नेपालको अन्तरिम संविधान २०६३ कार्यन्वयनमा आएसँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक शासन व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने काम भयो, नेपालको संविधान सभाले वि।सं। २०६५ साल जेठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्यो । त्यो भने सर्वस्वीकार्य र सराहनीय रह्यो । जुन नेपालका लागि गौरवको विषय भएको छ । गणतन्त्र स्थापना भई नेपालमा संविधान जारी भए पनि आजसम्म जति कानून निर्माण र कार्यान्वयन हुनुपर्ने थियो त्यति हुन सकेको छैन । यसको मुलकारण राजनीतिक दलहरुको आन्तरिक खिचातान िर झगडा नै हो । त्यसैले दलहरुले निकास निकालेर जनताका काममा लाग्नुपर्छ ।

कांग्रेसको माग पुरा गर्न, छानविन समिति गठन

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा सडकदेखि सदनसम्म चर्चा परिचर्चा भइरहको छ । दर्जनौं सहकारीबाट बचतकर्ता लुटिएको अवस्थामा छन् । यस प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि राख्दै आएको माग अनुसार संसदीय छानबिन समिति बल्ल बन्यो । संसदीय छानबिन बनाउन कांग्रेसले महिनौं दिन संसद अवरु गर्दै हंगामा गर्यो । गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम लगानी भएको र बचतकर्ताले आफ्नो रकम नपाएपछि कांग्रसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि अनुसन्धानको माग गर्दै समिति माग गरेको थियो । गृहमन्त्री लामिछाने गोरखा मिडियामा लगानीकर्ता हुन भने यसका सञ्चालक गितेन्द्रबहादुर९जिबी० राई फरार सूचिमा छन् । कांग्रेसले यो प्रकरणमा लामिछाने दोषी रहेकोले उनको नामै किटेर संसदीय छानबिन समिति गठन गरिनु पर्ने माग राखे पनि कांगे्रेसको माग अनुसारको भने नव गठित समितिमा नाम
राखिएन । तर गृहमन्त्री लामिछाने सञ्चालक रहेको गोरखा मिडियाको भने नाम राखियो ।
कांग्रेसको माग अनुसारको यो संसदीय समिति पनि बल्ल बल्ल बनेको हो । खास गरि सत्तारुढ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० कुनै पनि हालतमा समिति गठन गर्न नहुने पक्षमा रहेको
थियो । तर प्रमुख प्रतिपक्ष कांग्रेसले सदन चल्न नदिएपछि एमाले र रास्वपा बाध्य भएका हुन् । त्यसो त यो समिति गठन गर्न प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै लचिलो रहेका थिए । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने समयमा अप्ठेरो पारेपछि समिति गठन गर्न सरकार बाध्य बनेको हो । नेकपा एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा बनेको छानबिन समितिको नाम सहकारी संस्था रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति राखिएको छ ।
समितिमा थापासँग एमालेबाट सरिता भुषाल सदस्य रहेकी छिन् ।
कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र सहमहामन्त्री बद्री पाण्डे, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०बाट ध्र्रुवबहादुर प्रधान सदस्य रहेका
छन् । यो समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ । समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताको उपायसहितको सुझाव
दिनेछ । कार्यादेशमा गोरखा मिडिया नेटवर्कसहित समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ । कांग्रेससहित विपक्षी दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै छानबिन समितिको माग गरेको
थियो । एक हदसम्म प्रतिपक्षी दलहरु यसमा सफल भए तर समितिले कस्तो सिफारिस दिन्छ यो प्रतिक्षाको विषय बनेको छ ।
समितिलाई सहकारी संस्थाहरुमा देखिएको संकट तथा यससँग जोडिएका कानूनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन सुझाव दिने कार्यक्षेत्र तोकिएको
छ । समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी समितिले सिफारिस दिनेछ ।

ट्रम्प इतिहासकै पहिलो दोषी ठहर

U.S. President Donald Trump and Prime Minister Erna Solberg of Norway, held a joint press conference in the East Room of the White House, on Wednesday, January 10, 2018. (Photo by Cheriss May) (Photo by Cheriss May/NurPhoto via Getty Images)

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको एक अदालतले फौजदारी मुद्दासम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । अमेरिकी इतिहासमै कुनै पनि पूर्व वा वर्तमान अमेरिकी राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो । आगामी जुलाई
११ मा ट्रम्पलाई सजाय सुनाइने
छ ।
भुक्तानी लुकाउन व्यवसायिक अभिलेखहरुमा किर्ते गरेको ३ वटा अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो । अदालतले २२ साक्षीसँग लगातार ६ सातासम्म लिएको बयानका आधारमा उक्त ऐतिहासिक फैसला सुनाएको जनाएको छ । ट्रम्पसँग अवैध यौनसम्बन्ध रहेको र सन् २०१६ को चुनावअघि चुप बस्न रकम दिइएको भनिएकी पोर्न स्टार स्टोर्मी डेनियल्ससँग पनि अदालतले बयान लिएको थियो ।
यस मुद्दालाई धाँधलीपूर्ण र अपमानजनक बताउँदै मुद्दाको अध्यक्षता गर्ने न्यायाधीश मर्चनमाथि ट्रम्पले आक्रोश पोखेका छन् । उनले आफू निर्दोष भएको र वास्तविक फैसला चुनावको दिन मतदाताबाट आउने दावी गरे । ट्रम्पका वकिल टोड ब्लान्चेले आफुहरुले जतिसक्दो चाँडो अपिल गर्ने तयारी गरिरहेको बताए ।
ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी पाएका छन् । जुलाई १५ देखि १८ सम्म पार्टीको महाधिवेशन तय गरिएको छ । उनी अदालतबाट दोषी ठहर भए पनि आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् ।

अतिक्रमित भएका सरकारी जग्गा खोज्ने जिम्मवारी त्रितालको काँधमा

काठमाडौं । ललिता निवासको जग्गा खोज्न सफल भएका पूर्वसचिव शारदा प्रसाद त्रिताललाई त्रिविविको एक हजारभन्दा बढी अतिक्रमित जग्गा खोज्ने जिम्मेवारी शिक्षा मन्त्रालयले दिएको छ । जिम्मेवारी आफ्नो काँधमा परेसँगै पूर्वसचिव शारदा प्रसाद त्रितालले आफ्नो संयोजकत्वमा समिठि गठन गर्नुभएको छ । समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा, जानकी बल्लभ अधिकारी, त्रिविका विज्ञका रुपमा डा।प्रेमसागर चापागाँई सदस्य रहेका छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशिला अधिकारी सदस्य सचिव रहेका छन् ।
त्रिविविको कीर्तिपुर र नैकापमा रहेको एक हजार बढी रोपनी जग्गा अतिक्रमणमा पर्दै आएको
बताइन्छ । यो जग्गाको सहि खोज पनि त्रिताल नेतृत्वको समितिले गर्ने विश्वास गरिन्छ । त्रिताल बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलन सम्बन्धी छानबिन समिति २०७५ का संयोजक समेत हुनुहुन्छ । त्रितालले त्रिविको जग्गा जमिन भवनको लगत उपयोग संरक्षण र व्यवस्थापन सम्बन्धमा विद्यमान अवस्थाको पहिचान पनि त्रिताल नेतृत्वको समितिले गर्ने शिक्षा मन्त्री सुमना श्रेष्ठले बताउनुभयो ।
जग्गा संरक्षण, प्रयोग, व्यवस्थापन, उपयोग र पूर्वाधार निर्माणका सम्बन्धमा गर्नुपर्ने तत्कालिन र दीर्घकालिन कार्यहरुबारे सुझाव दिन कार्यादेश पाएको समितिले ३ महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने शिक्षा मन्त्रालयले जनाएको छ । पछिल्लो समय त्रिवि केन्द्रीय कार्यालय परिसरको जग्गा अतिक्रमण र कब्जा गरी भोग चलन गर्ने प्रवृत्ति बढ्दै गएको बताइन्छ । विशेष गरी विभिन्न सरकारी तथा गैरसरकारी, नीजि संघसंस्था, व्यक्तिदेखि त्रिविकै प्राध्यापक, कर्मचारीले समेत मनोमानी रुपमा त्रिविको जग्गा भोगचलन गर्दै आईरहेको बताइन्छ ।

मन्त्री शर्माद्वारा सरकारका निर्णय सार्वजनिक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका निर्णयहरु सार्वजनिक गर्नुभएको छ । सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्त समेत रहनुभएकी मन्त्री शर्माले सरकारले भर्खरै विश्वासको मत प्राप्त गरेको हुँदा सरकार सञ्चालनमा पनि कुनै कठिनाई नभएको बताउनु भएको छ । गत शुक्रबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
सञ्चारमन्त्री शर्माले सत्ता साझेदार र प्रतिपक्षी दलका नेताबीचको भेटघाटलाई अन्यथा लिन नहुने र सत्ता समिकरणका सन्दर्भमा कुनै आशंका गर्नुपर्ने अवस्था नरहेको समेत प्रष्ट पार्नुभयो । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय आयोगका सदस्य डा।अरनिको कुमार पाँडेको जर्मनीमा हुने संयुक्त राष्ट्र संघीय क्लाईमेट कन्फ्रेरेन्समा जेठ २१ देखि २५ गतेसम्मका लागि भ्रमण स्वकृति गरेको पनि मन्त्री शर्माले जानकारी गराउनुभयो । त्यस्तै सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुने नवौं वल्र्डसिटिज समिटमा भाग लिन जाने स्वीकृति प्रदान गरेको मन्त्री शर्माले जानकारी गराउनुभयो ।
त्यसैगरी महान्यायधिवक्ता डा।दिनमणि पोख्रेल, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदराज सापकोटा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतम, नेपाली सेनाका उपरथी जीवन प्रसादलाई जेठ १९ देखि २४ गतेसम्म कोलम्बियामा हुने कार्यक्रममा जान स्वीकृति प्रदान गरिएको मन्त्री शर्माले जानकारी गराउनुभयो ।
त्यसैगरी महालेखापरिक्षक कार्यालयका महालेखा परिक्षक तोयम रायालाई एसियाली विकास बैंकको आयोजनामा हुने कार्यक्रममा जान स्वीकृति प्रदान गरिएको विशेष सेवा नियमावलि २०८१ मा लोक सेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिने निणय भएको, नेपाल दूरसञ्चार कम्पनीको निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०८१ स्वीकृत गर्ने लगायतका निर्णय गर्ने जानकारी गराउनुभयो ।

दर्जनभन्दा बढी प्रजिअहरु हेरफेर

काठमाडौं । सरकारले दर्जन बढी प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । केही दिन अघि फेरिएका प्रजिअमा सुनसरीमा रामचन्द्र तिवारी, मकवानपुरमा तीर्थराज चिरुवाल, बर्दियामा अमण पोखरेल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्किम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डे रहेका छन् । यसै हेरफेरमा परेका अन्य प्रजिअमा काभ्रेमा सूर्यप्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, चितवनमा इन्द्रदेव यादव, सिन्धुपाल्चोकमा भुपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कन्चनपुरमा नारायणप्रसाद सापकोटा, सर्लाहीमा गोपाल प्रसाद अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेघबहादुर मग्रान्ती रहेका छन् ।
यस बाहेक अन्य केही सहसचिव पनि सरुवामा परेका छन् । जसअनुसार बसन्त अधिकारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, किरण थापालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, कास्कीका प्रजिअ बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको
छ । यस्तै सुरेश पन्थीलाई अध्यागमन कार्यालय र कोमल प्रसाद धमलालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

कति छन् भ्रष्टाचार गर्नेहरु?

काठमाडौं । देशको विभिन्न निकायमा भइरहेको भ्रष्टाचारमा जनताको सेवा गर्ने कसम खाएका शपथ लिएका राष्ट्रसेवक कर्मचारीहरु नै संलग्न रहेको देखिएको छ । यो क्रम बढिरहेको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिक जसो कुनै न कुनै कर्मचारीमाथि मुद्दा दायर गर्न थालेपछि भ्रष्टाचारमा संलग्न भएका कर्मचारीको पर्दाफास हुन थालेको हो । २०८०÷८१को जेठको पहिलो सातासम्म भ्रष्टाचारमा संलग्न ४२९ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । यसरी भ्रष्टाचारमा संलग्न हुने कर्मचारीमध्ये विशिष्ट श्रेणीका सचिवसरह ९ जना, सहसचिव वा सोसरह २३ जना, उपसचिव वा सीडिई वा सो सरह ५९ जना, शाखा अधिकृत, ईन्जिनियर १३५ जना रहेका छन् । यस्तै भ्रष्टाचारमा संलग्न अन्य कमैचारीमा लेखापाल ४३ जना, नासु, सव ईन्जिनियर वा सो सरह १२२ जना, जुनियर १२ जना र कार्यालय सहयोग २ जना रहेका छन् ।
अख्तियारका अनुसार सो अवधिमा २३४ जना जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यसरी अख्तियारले मुद्दा दायर गरिएकामा जननिर्वाचित ७१ जना, मनोनीत १६३ जना रहेका छन् । यसअवधिमा अख्तियारले २ जना लेखापढी व्यवसायी, १ जना बिचौलिया, ५६ जना व्यवसायी र ६०९ जना अन्य व्यक्तिलाई मुद्दा दायर गरेको थियो ।

नयाँ बजेट सार्वजनिक, एमाले भने असन्तुष्ट

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो समयसम्मको संसद अवरोधपछि संसदबाट पारित भएका बजेटप्रति सत्तारुढा दल नेपाल कम्युनिष्ट पार्टी९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको रु भन्ने प्रश्न गरी असन्तुष्ट व्यक्त गर्नुभएको छ । अर्थमन्त्री वर्षमान पुनले सदनमा पेश गरेको आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउनु अघि सरकारले सत्तारुढ दलसँग सल्लाह नै नगरी बजेट प्रस्तुत गरेको अध्यक्ष ओलीको आरोप छ । बजेटप्रति नीजि क्षेत्रले भने सन्तुष्टी नै देखाएको छ ।
ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले ल्याएको बजेटमा भएका कमिकमजोरीको खुलेर प्रश्न उठाउन दिएको निर्देशन अनुसार छलफलमा संसदहरुले प्रश्न उठाएका थिए । यस पटकको बजेट सरकारमा सहभागी दलसँग सरसल्लाह गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो तर बिना छलफल ल्याइदा बजेट माओवादी केन्द्रको जस्तो भएको ओलीको आरोप छ । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्यौलग्रस्त भयो, यस बारेमा गहन रुपा छलफल गर्नुपर्ने ओलीको धारणा छ । बजेट सबैलाई अनुकूल हुने किसिमको हुनुपर्दछ । एउटालाई अनुकूल अर्कोलाई प्रतिकूल हुने किसिमको भयो भने त्यो बजेटप्रतिको कमिकमजोरी भएको ठान्नुपर्छ ।
यता सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने एमालेका अध्यक्ष केपी शर्माओलीले गरेको बजेटप्रतिको टिप्पणीप्रति असन्तुष्ट व्यक्त गरेको छ । एमाले अध्यक्ष ओलीले आफुहरुसँग कुनै छलफल नै नगरी बजेट ल्याएको ओलीको जिकिरलाई माओवादीले अस्वीकार गरेको छ । सांसद र पार्टी सचिव समेत रहनुभएका देवेन्द्र पौडेलले बजेट एमालेसँगको सल्लाहमै आएको दाबी गर्दै बजेटमा क्याबिनेटमा मन्त्रालयहरुबाट आउने योजना नै आउने बताउनुभयो । ‘एक दुईवटा योजना छुटेको भए पनि सल्लाहनै नगरेको भने होइन ।’ सचिव पौडेलको भनाइ छ ।
त्यस्तै, गत आइतबार९जेठ २० गते०देखि दुवै सदनमा भएको बजेट माथिको छलफल आज सकिदै छ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२का लागि जेठ १५ गते ल्याएको बजेट १८ खर्ब, ६० अर्ब रुपैयाँको छ । यो बजेट छलफलमा आएका जिज्ञासाप्रति भोली २३ गते अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ ।
आगामी आर्थिक वर्षको लागि गत आर्थिक वर्षभन्दा केही बढाउँदै सरकारले बजेट ल्याएको छ । ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य र मुद्रास्फ्रति ५ दशमलव ५ प्रतिशतको बान्छित सिमाभित्र रहने लक्ष्य राख्दै अर्थमन्त्री वर्षमान पुनले गत हप्ता संसदको संयुक्त सदनमा आगामी वर्षको लागि बजेट प्रस्तुत गरेका हुन् । यो बजेटमा आलु, प्याज, स्याउ, तरकारीमाथिको भ्याट खारेज गरिएको छ । औषधी, इन्डक्सन चुलो, धागो, अगरबत्ती, सेनेटरी प्याण्ड, काजु, बदामको कर कटौती गरिएको छ । यसैगरी मदिरा, चुरोट, पेट्रोलियम पदार्थ, कोइला, विद्युतीय गाडीको करवृद्धि गरिएको छ ।
बजेटको स्रोतमा राजश्व १२ खर्ब ६० अर्ब ३० करोड, वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड, वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रहेको छ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...